अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि

१३ मंसिर २०८३, आइतबार
Share this
756shares

१३ मंसिर , काठमाण्डौ ।

Advertisement

अस्ट्रेलियामा नेपाली समुदायको विस्तार तीव्र गतिमा भइरहेको एक अध्ययनले देखायो ।

एक दशकको अवधिमा नेपालमा जन्मिएर अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या झन्डै पाँच गुणाले वृद्धि भएको इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजले देखायो ।

Advertisement

सन् २०२५ जुनसम्म अस्ट्रेलियामा नेपालमा जन्मिएका २ लाख १३ हजार ५८० जना बसोबास गरिरहेको आईआईडीएसको सन् २०२६ मा सार्वजनिक अध्ययन रिपोर्टमा उल्लेख ।

अध्ययनले सन् २०१४ मा यस्तो जनसंख्या ४२ हजार ९०० रहेको देखाएको छ, यसअनुसार करिब १० वर्षमै नेपालमा जन्मिएका अस्ट्रेलियावासीको संख्या उल्लेखनीय रूपमा बढ्यो ।

सन् २०२१ को अस्ट्रेलियाली जनगणनामा भने नेपालमा जन्मिएका १ लाख २२ हजार ५०६ जना अभिलेख ।

सर्वेक्षणमा सहभागीमध्ये ६१.१६ प्रतिशत नेपाली उच्च शिक्षा हासिल गर्ने उद्देश्यले अस्ट्रेलिया आएको पाइएको छ भने करिब २३ प्रतिशतले परिवारसँग पुनर्मिलन हुनुलाई अस्ट्रेलिया आउनुको मुख्य कारण बताए ।

करिब ३५ प्रतिशत सहभागीले अस्ट्रेलियामा औपचारिक लगानी गरेको जनाए ।

अध्ययनले विदेशमा रहेका नेपालीको योगदानलाई रेमिट्यान्स पठाउने कार्यमा मात्र सीमित नगरी उनीहरूले आर्जन गरेको ज्ञान, सीप, पुँजी र व्यावसायिक अनुभवलाई नेपालको विकाससँग जोड्नुपर्ने विषयमा जोड ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top