बिराटनगरको कंचनबारी चौकबाट लागूऔषध सहित २ पक्राउ

७ कात्तिक ७५, बिहीबार

विराटनगर, कात्तिक ७

Advertisement

प्रतिवन्धित लागूऔषध सहित मोरङको बिराटनगर महानगरपालिका–४ स्थित कंचनबारी चौकबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

सि.आर. भी. भट्टाचौकबाट खटिएको प्रहरीको टोलीले राती सवा १० बजे लागूऔषध सहित सुनसरी धरान उप–महानगरपालिका–१६ बस्ने बर्ष ३३ को तिलक लोहार र धरान–१३ बस्ने बर्ष १८ को बिकेश रुम्बालाई पक्राउ गरेको हो ।

Advertisement

शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागूऔषध डाईजेल्याव, लुपिजेसिक र एभिल ३०० पिस फेला पारी बरामद गरेको हो ।

पक्राउ परेका दुबै जनालाई लागूऔषध सहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top