थप ३ विधेयक ल्याउँदै प्रदेश २ प्रशासन

जनकपुर : सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले जनकपुर पुगेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत उपस्थित कार्यक्रममै संघलाई ‘ओभरटेक’ नगर्न चेतावनी दिए पनि प्रदेश सरकार थप ३ विधेयक ल्याउने अन्तिम तयारीमा छ ।

Advertisement

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रशासन, लोकसेवा र निजामती कर्मचारीसँग सम्बन्धित ३ विधेयकको मस्यौदा तयार भइसकेको र बिहीबार मन्त्रिपरिषद् बैठकबाट सैद्धान्तिक सहमति लिइने बताए ।

‘यी तीनै विधेयक बुधबारसम्म तयार भइसक्छन् । बिहीबार सैद्धान्तिक सहमति लिइनेछ,’ प्रदेशमन्त्री यादवले कान्तिपुरसँग भने, ‘त्यसपछि प्रदेशसभामा दर्ता गराइनेछ ।’

Advertisement

२७ असोजमा विपक्षी नेकपाको विरोधका बीच नियम निलम्बन गर्दै प्रदेश प्रहरी ऐन प्रदेशसभा बैठकबाट पारित गरिएको थियो ।

संघीय सरकार मातहत प्रहरीले नटेरेको गुनासो गर्दै प्रदेश सरकारले संघीय प्रहरी ऐनअघि नै प्रहरी विधेयक ल्याएपछि राजनीति तरंगित छ ।, यो समाचर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top