NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो बुधबार जेष्ठ १ , २०८२
आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी बुधबार जेष्ठ १ , २०८२
ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार बुधबार जेष्ठ १ , २०८२
महिला टी–२०मा नेपालले आज हङकङको सामना गर्दै मङ्लबार बैशाख ३० , २०८२
Next
Prev

समाचार

अब के गर्लान् देउवा

बुधबार मंसिर २७ , २०७४
A A
Nepal Top
अब के गर्लान् देउवा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरे पनि कांग्रेस नेतृत्वलाई समानुपातिकतर्फ राम्रै मत आउने आस थियो। तर एमाले र माओवादी केन्द्रबीच भएको गठबन्धनका कारण मात्रै पार्टी कमजोर भएको हो भन्ने नेतृत्वको तर्कलाई समानुपातिकतर्फ कांग्रेसले पार्टीले ल्याउँदै गरेको मतले पनि सावित गर्न नसक्ने देखिइसकेको छ। समानुपातिकतर्फ समेत एमाले नै अग्रस्थानमा आएपछि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी परिणामलाई लिएर पार्टीभित्रबाटै परिरहेका दबाब कसरी झेल्लान् ? यो खबर कुलचन्द्र न्यौपानेले आजको कान्तिपुरमा लेखेका छन्।

कांग्रेसका नयाँ पुस्ताका नेताहरूले विशेष महाधिवेशन बोलाएरै पार्टीले कार्यकर्तामा पुनर्जागरणको सन्देश दिन आवश्यक रहेको बताउन थालेका छन्। तर देउवानिकट नेताहरू महाधिवेशन आहवान गर्ने पक्षमा देखिँदैनन्, हालको पराजयलाई सामान्य चुनावी जितहारका रूपमा लिनुपर्ने बताउँछन्।

विशेष महाधिवेशन माग गर्दै आएका केन्द्रीय नेता गगन थापा भने पहिलो पुस्ताबाट पार्टीको पुनर्जागरण सम्भावना नरहेको ठान्छन्। यसको अर्थ युवा पुस्तालाई नेतृत्व दिएकै कारण पार्टीमा पुनर्जागरण भइहाल्छ भन्ने पक्षमा उनी छैनन्। ‘नेतृत्व दिने कि नदिने भन्ने मुख्य प्रश्न होइन। अबको पाँच वर्षसम्म पार्टीलाई एक नम्बरमा पुर्‍याउन युवा पुस्तालाई काम गर्ने वातावरण दिनुपर्छ भन्ने कुरा मुख्य हो,’ उनले भने, ‘तल्लो तहसम्म पार्टीलाई पुनर्जागरण गर्न सक्ने क्षमता हामीसँग छ, पदको लोभ छैन। तर, काम गर्ने वातावरण नेतृत्वले देओस्। एक नम्बरको पार्टी बनाएर हाम्रो पुस्ताले देखाउन सक्छ।’

LS Auto

अर्का नेता धनराज गुरुङले हालको अवस्था आउनुका पछाडि वाम गठबन्धनमात्रै कारण नभएको बताउँदै पार्टी र सरकार सञ्चालनमा समयको वेग बुझ्न नसक्दाको परिणति देखापरेको बताए। ‘अब पुरानो पीढीले नेतृत्व छाडेर अभिभावकको भूमिकामा बस्नुपर्छ। मिति नाघेको औषधि मानिसको जीवनमा जति हानिकारक हुन्छ, पार्टी जीवनमा पनि यो पुस्ता अझै रहनु उत्तिकै हानिकारक छ,’ गुरुङले भने, ‘यो वर्गका सबै नेताले अब ठाउँ छाडिदिएर अभिभावक भएर बसिदियो भने कांग्रेस फेरि अबको पाँच वर्षमा एक नम्बरमा आउँछ।’ उनले केन्द्रदेखि तल्लो तहसम्मको पार्टी संरचनामा पुनर्गठन नै सुधारको पहिलो खुडकिलो रहेको बताए।

कांग्रेस सभापति देउवा निकट केन्द्रीय सदस्य प्रकाशशरण महतले भने तत्कालै महाधिवेशन या महासमिति बैठक नबोलाइने धारणा राखे। समानुपातिकको गणना सकिएलगत्तै केन्द्रीय कार्यसमिति बैठक बोलाएर कमीकमजोरीबारे छलफल गरिने उनले बताए। ‘हाम्रो सबैभन्दा कमजोरी आफूले गरेका राम्रा कामलाई पनि प्रचार गर्न नसक्नु हो,’ महतले थपे, ‘अब कांग्रेसले प्रोपोगन्डाको मेसिनरी राम्ररी चलाउन र परम्परागत शैली हटाउन सक्नुपर्छ। नेतृत्वमा को रहनेभन्दा पनि हामीले के गर्ने भन्ने कुरा बढी महत्त्वपूर्ण छ।’ उनका अनुसार पार्टीमा आमूल सुधार आवश्यक छ, त्यो भनेको पार्टी सञ्चालन प्रणालीलाई वैज्ञानिक बनाउनु र संगठनमा व्यापक कार्यविभाजन गर्नु हो।

नेता थापाले चाहिँ पार्टीले लिने एजेन्डा र नीतिगत सिद्धान्तको प्रस्टता नेतृत्वबाटै आउनुपर्ने बताए। ‘नेतृत्व नै हामीलाई चाहिन्छ भन्दा महत्त्वाकांक्षी भनिएला, तर नेतृत्वको स्वीकार्यतासँगै पार्टीको एजेन्डामा प्रस्टता हुन सक्यो भने हामी पार्टीलाई एक नम्बर बनाउने अभियान सुरु गर्छौं,’ उनले भने।

समानुपातिकतर्फको मतगणनाले वाम गठबन्धनका कारण मात्रै नभएर कांग्रेसको आफ्नै जनमत पनि खस्केको देखाउँछ। २०६४ को चुनावमा यस्तै हार व्यहोरेको कांग्रेस तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा भएको ०७० सालको चुनावमा पहिलो दल बन्न सफल भएको थियो। त्यसपछि कांग्रेस ठूलो दल भएकै अवस्थामा संविधान जारी भयो। संविधान कार्यान्वयन गर्ने महत्त्वपूर्ण स्थानीय तह (पहिलो चरणमा माओवादी नेतृत्वमा भएको बाहेक) प्रदेश र संघीय निर्वाचनसमेत कांग्रेसकै नेतृत्वमा सम्पन्न भए। तर, कांग्रेसलाई चुनावमा जनताले पत्याएनन्। कांग्रेस नेता थापाका अनुसार सरकारका केही गलत कामकारबाहीका कारण सबै राम्रा र ऐतिहासिक काम छायामा पार्ने गरी कालो बादल लाग्यो, जसलाई चिरेर कांग्रेस नेतृत्व अघि बढ्न सकेन।

कांग्रेसको पराजयलाई धेरै नेताले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको कार्यशैलीलाई मुख्य जिम्मेवार ठानेका छन्। कांग्रेसका एक केन्द्रीय सदस्यले देउवालाई पार्टी संगठनको भन्दा सत्ता राजनीतिसँग बढी चिन्ता भएकै कारण पार्टीका काम ठप्पप्राय: भएको बताए। सरकारमा रहँदा पनि देउवाले आम जनमतविपरीत आईजीपी प्रकरण, तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने, विवादास्पद व्यक्तिलाई राजदूत बनाउनेलगायत निर्णय लिए, जसले कांग्रेसको सहरी जनमतलाई बढी चिढायो।

देउवाले सभापति निर्वाचित भएको दुई वर्ष बित्न लाग्दा पनि पार्टी उपसभापति, महामन्त्री, सहमहामन्त्री बनाउन सकेका छैनन्। केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छैन। ४२ विभाग बन्न सकेका छैनन्। राष्ट्रिय र समसामयिक एजेन्डामा पार्टीभित्र छलफल गर्ने क्रम टुटेको छ। केन्द्रीय कार्यसमितिको बैठक महिनौं बोलाइन्न।

‘गिरिजाप्रसाद कोइरालाले सत्ता र शक्तिमा मात्र रमाउने संस्कृतिको विकास गरे, देउवाले त्यसैलाई चरमोत्कर्षमा पुर्‍याउने काम गरे,’ ती नेताको भनाइ छ, ‘शक्ति आर्जन गर्नका लागि पार्टीको नेतृत्वमा आउने र नेतृत्वमा आइसकेपछि त्यसैलाई उपयोग गर्दै सत्ता राजनीति मियो बन्ने गिरिजाप्रसादकै प्रवृत्ति देउवामा हावी देखिन थाल्यो। त्यसैले पार्टी कमजोर बन्दै गयो।’

महत विगतमा पनि त्यस्तै भएकाले अहिलेको नेतृत्वको आलोचना गरेरमात्रै समाधान नहुने बताउँछन्। केही समयअघि यस्तै आलोचना हुँदा देउवाले आफू निकटहरूसँग ‘गिरिजाप्रसाद र सुशील कोइरालाले त्यही गर्दा हुने, मैले गर्दा किन नहुने ? भनी टिप्पणी गरेका थिए।’ ‘अघिल्लो पुस्ताले पनि त्यस्तै गरेकाले अहिले पनि त्यही शैलीमा पार्टी सञ्चालन भएको हो, तर यो शैलीमा अब चल्दैन,’ महतले भने, ‘वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्न पार्टीमा आमूल परिवर्तन हुन आवश्यक छ।’

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२

विचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
ताजा समाचार

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा
अन्तर्राष्ट्रिय

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार
ताजा समाचार

रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार

बुधबार जेष्ठ १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

00:12:42

World News: Trumpलाई लग्जरी बोइङ जेट गिफ्ट, बेलायतमा आप्रवासन नियम कडा || Nepal Times

00:14:02

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

00:13:09

World News: पाकिस्तानमा फतेह तैनाथ, हान्यो हाई स्पिड मिसाइल, भारतले जवाफ दिने || Nepal Times

00:19:13

World News: मि*सा*इलको डरले पाकिस्तानी आकाश बन्द, पाकिस्तानको पक्षमा कति देश ? || Nepal Times

00:17:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान

सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान

मङ्लबार बैशाख २३ , २०८२
गजल: देशको पीडा

गजल: देशको पीडा

शुक्रबार अशोज ९ , २०७७
कोशीमा सरकार गठनको दाबी गर्ने अन्तिम दिन

के कांग्रेसले छोड्दैछ कोशी सरकार?

मङ्लबार बैशाख २३ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.