उपभोगशैलीमा परिवर्तन आउँदा बिजुलीको माग घट्दो, साँझमा १०९५ मेगावाट भए पुग्ने

काठमाडौँ,कात्तिक ८
लोडसेडिङ अन्त्यपछि उपभोगशैलीमा आएको परिवतर्नले बिजुली खपत घट्दै गएको छ । गत वर्षभन्दा यो वर्ष झण्डै २०० मेगावाट बिजुली खपत घटेको हो । बिजुलीको माग साँझ (पिकआवर) मा १ हजार ९५ मेगावाट मात्र भएको नेपाल विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले जानकारी दिए । २ वर्षअघि लोडसेडिङ हुँदा बिजुलीको माग बढेर १ हजार ४०० मेगावाटसम्म पुगेको थियो ।

Advertisement

वर्षेनी बिजुलीको माग बढ्दै जानुपर्नेमा लोडसेडिङ हटेपछि पिक माग घट्दै गएको अधिकारी बताउछन् । उपभोत्तामा बिजुली उपयोग गर्ने शैलीमा आएको परिवर्तनले माग कम हुदै गएको उनको भनाई छ ।

लोडसेडिङ हटेपछि माग बढी हुने समय साँझमा उपभोत्ताले हिटर, आइरन, पानी तान्ने मेशिनको प्रयोग अन्य समयमा गर्दा बिजुलीको मागमा कमी आएको उनको भनाई छ । यस्तै बिजुली खपत कम गर्ने एलईडी चिमको प्रयोग बढ्दा यसको असर देखिएको हो । यस्तै बिजुली चुहावटमा पनि कमी आएको प्राधिकरणले जनाएको छ ।

Advertisement

गत असारको पहिलो साता बिजुलीको माग १ हजार १७५ देखि १ हजार २०० मेगावाट थियो । असारको तुलनामा कात्तिकमा खपत झण्डै १०० मेगावाट घटेको प्राधिकरणको तथ्याँकले देखाएको छ ।

हाल विद्युत प्राधिकरणका आयोजनाबाट ३३९, निजी क्षेत्रबाट ३७३ र भारतबाट ३६८ मेगावाट बिजुली आपूर्ति भइरहेको छ । बिजुलीको आपूर्ति मागको हारहारीमा अर्थात १ हजार ८० मेगावाट भइरहेको अधिकारीले जानकारी दिए । विभिन्न लाइनमा देखिएको समस्याले १५ मेगावाट बिजुली आपूर्ति अवरुद्ध हुन पुगेको उनको भनाई छ ।

Advertisement

विद्युत प्राधिकरणले यो वर्ष बिजुलीको माग १५०० मेगावाट बढी हुने प्रक्षेपण गरेपनि १२०० मेगावाटको हारहारीमा मात्र माग भएको छ । लोडसेडिङ भइरहेको भए यो माग १५०० मेगावाट नाघने थियो ।यस्तै नेपालको एक मात्रै जलासय कुलेखानीमा पानीको सतह बढेर १ हजार ५२५ मिटर पुगेको छ । यो गत वर्षभन्दा बढी हो ।

यस्तै सुख्खायाममा आन्तरिक उत्पादनमा कमी आउने भएपछि लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट बिजुली आयात बढाउने गरी प्रणालीको क्षमतामा विस्तार गरेको छ ।

ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइन २२० केभीमा विस्तार भएपछि थप २०० मेगावाट बिजुली ल्याउन बाटो खुला भएको छ । गत वर्षको हिउँदमा ५०० मेगावाट हारहारीमा आयात भएकोमा यो वर्ष ७०० मेगावाटसम्म आयात हुने गरी प्रणालीलाई सक्षम बनाइएको अधिकारी बताउछन् ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top