Nepal Times
Nepal Times
3
Shares

आर्थिक विकासका लागि अब आर्थिक क्रान्ति : गच्छदार

आर्थिक विकासका लागि अब आर्थिक क्रान्ति : गच्छदार

मोरङ, कात्तिक ९
नेपाली कांग्रेस संसदीय दलका उपनेता एवम् पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आर्थिक समृद्धिका लागि दलहरुले राजनैतिक विचारभन्दा माथि उठेर एकजुट भई काम गर्नुपर्ने बताएका छन् ।

थारु जातिको भाषा संस्कृति, भेषभुषा र पहिचानको संरक्षण गर्न गोठाले पर्वको अवसर पारेर मोरङको बूढीगंगा गाउँपालिकामा आयोजना गरिएको सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उपनेता गच्छेदारले आर्थिक समृद्धि भएपछि भाषा, संस्कृति र पहिचानको संरक्षण गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे ।

उनले संविधान बनिसकेको र संविधानअनुसार विभिन्न तहको निर्वाचन सम्पन्न भएसँगै राजनैतिक क्रान्ति सिद्धिएको र अब आर्थिक समृद्धिका लागि आर्थिक क्रान्ति गर्नुपर्ने बताए।

उनले पूर्वमा धेरै आदिवासी जनजाति बसोबास गरे पनि उनीहरुको भाषा, संस्कृति र पहिचान लोप हुँदै गएको बताए । बूढीगंगा गाँउपालिका र प्रभात कृषक समूहले आयोजना गरेको सो सांस्कृतिक कार्यक्रममा थारु जातिका संस्कृति झल्कने गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.