धोनी पहिलो पटक टी–२० सिरिजबाट बाहिर

९ कात्तिक ७५, शनिबार

एजेन्सी,कात्तिक १०
भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्र सिंह धोनी पहिलोपटक टी–२० सिरिजबाट बाहिरिएका छन् । ३७ वर्षीय धोनी विकेटकिपर र ब्याट्सम्यानको भूमिकामा थिए ।

उनलाई वेस्टइन्डिज र अष्ट्रेलियाविरुद्ध आगामी नोभेम्बरमा हुने प्रतिस्पर्धामा भारतीय टीममा सामेल गरिएको छैन । वेष्टइन्डिज र अष्ट्रेलियाविरुद्ध खेल्न चारवटा टिम घोषणा गरिएको छ तर धोनी एउटा पनि टिममा परेका छैनन् ।

Advertisement

विराट कोहली पनि वेष्टइन्डिजविरुद्ध खेल्ने छैनन् । तर, उनले अष्ट्रेलियाविरुद्ध भने कप्तानको भूमिका निर्वाह गर्नेछन् । धोनी फिट रहेर पनि टिममा नपरेको यो पहिलोपटक हो । धोनीलाई टिममा नराख्नुलाई उनको टी–२० को करियरको अन्तको रुपमा कतिपयले बुझेका छन् तर चीफ सिलेक्टर एमएसके प्रसादले भने त्यसको खण्डन गरेका छन् ।

उनले विकेटकिपिङका लागि उपलब्ध विकल्पहरुहरुलाई मजबुत बनाउन टिम म्यानेजमेन्टले चाहेको बताएका छन् । यसैकारण ६ टी २० का लागि ऋषभ पन्त र दिनेश कार्तिकलाई चुनिएको एमएसके प्रसादले क्रिकइन्फोसँग बताएका छन् ।

धोनीले सन् २०१४ मा टेस्ट क्रिकेटबाट सन्यास लिइसकेका छन् । त्यसपछि उनले वनडे र टी २० मात्र खेल खेल्दै आएका छन् । उनले सन् २००६ को डिसेम्बरमा दक्षिण अफ्रिकाविरुद्धको खेलबाट भारतका लागि टी २० खेलमा डेब्यू गरेका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top