प्रदेश नम्बर ३ को प्रदेशसभामा बावम गठबन्धनको दुईतिाई बढी स्थानमा जितसंगै प्रदेशको पहिलो मुख्यमन्त्री को हुन्छ भन्ने विषयमा चर्चा सुरु भएको छ ।
यो पद्य्रेशमा प्रत्यक्षतर्फ ६६ सिटमध्ये वाम गठबन्धनले ५७ जितेको छ ।
जसमा एमालेले ४२ र माओवादी केन्द्रको १५ सिट छ । प्रदेशसभामा कांगे्रसले ७, नेमकिपाले १ र नयाँ शक्ति पार्टीले एक सिट जितेको छ ।
यो प्रदेशसभा समानुपातिकसहित ११० सदस्यीय हुनेछ । समानुपातिकतर्फ मतगणना जारी छ ।,
त्यस्तै प्रदेश नम्बर ७ मा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । प्रदेश सरकार बन्ने निश्चित भएसंगै को मुख्यमन्त्री बन्ला भन्ने कौतुहल बढको छ ।यो प्रदेशमा एमालेका शीर्ष नेता भीम रावल हुन् । उनी पार्टी उपाध्यक्षसंगै प्रदेश ७ को संयोजक हुन् ।
यसैगरी वाम गठबन्धनको अर्को घटक माओवादी केन्द्रका लेखराज भट्ट यो प्रदेशका शीर्ष नेता मानिन्छन् ।, यो खबर आजको नागरिकमा छ ।