रियल मड्रिडको पोष्टमा बार्सिलोनाको ५ गोल, स्वरेजले गरे ह्याट्रिक

Share this
785shares

एजेन्सी,कात्तिक १२
जरी स्पेनिस ला लिगा अन्तर्गत सोमबार राती भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ५–१ ले हराएको छ।

Advertisement

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा लियोनल मेस्सी विनाको बार्सिलोनाले फिलिप कौटिन्हो र लुइस स्वारेजको गोलमा पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

खेलको ११ औं मिनेटमा बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो ।राकिटिक, स्वारेज र कौटिन्होबीचको राम्रो तालमेल पछि बार्सिलोनाले अग्रता बनाएको थियो ।

Advertisement

बार्सिलोनाले ३० औं मिनेटमा लुइस स्वारेजले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर गरेको हो । खेलको २८ औं मिनेटमा रफिएल भरानले स्वारेजमाथी फल गरेपछि रेफ्रीले पेनाल्टी दिएनन्। तर भारको प्रयोगसँगै बार्सिलोनाले पेनाल्टी पाएको थियो।

दोस्रो हाफमा रियलले मार्सलोको गोलमा पुनरागमन गर्ने सम्भावना देखाएपनि थप गोल फर्काउन सकेन ।बार्सिलोनाले दोस्रो हाफमा तीन गोल थप्यो । सुआरेजले ७५ र ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

Advertisement

आर्टुरो भिडालले अन्तिममा गोल गर्दै बार्सिलोनाको फराकिलो जित पक्का गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top