विराटनगर : सुनसरी– मोरङ सिँचाई आयोजनाको नहरमा नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ ।सोमबार बुढिगंगा गाउँपालिका–६ खण्डमा ५० वर्षीय पञ्चरानी लिम्बुको मृत्यु भएको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
सोमबार दिउँसो नहरमा महिला बग्दै आएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।लगत्तै घटनास्थल पुगेको दोलीले उद्दार गर्दा महिला मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
प्रारम्भीक अनुसन्धानका क्रममा महिलाले नहरमा हाम्फालेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।