श्रीमान विरुद्ध नै बलात्कारको आरोप !

१२ कात्तिक ७५, मंगलबार

काठमाडौँ : बलात्कार गरेको आरोपमा कञ्चनपुरकी एक महिलाले श्रीमान्विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । श्रीमतीको उजुरीपछि प्रहरीले आरोपित श्रीमान्लाई पक्राउ गरेको छ ।

Advertisement

सोमबार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले आफ्ना पति डम्बर जोशीविरुद्ध उजुरी दिएकी हुन् । , यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

डम्बरले आफ्नो इच्छाविपरीत यौनसम्पर्क राखेको आरोप लगाउँदै मञ्जुले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णराज ओझाले बताए ।

Advertisement

उजुरी दर्ता गरेर जबर्जस्ती करणीअन्तरगत मुद्दा दर्ताको प्रक्रिया अघि बढाएको छ ।डम्बरलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न जिल्ला अदालतबाट अनुमति लिइएको छ । मञ्जु र डम्बरले डेढ वर्षअघि प्रेमविवाह गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top