रियलका प्रशिक्षक लोपेटेगुइ क्लबबाट बर्खास्त

१२ कात्तिक ७५, मंगलबार

एजेन्सी,कात्तिक १३
रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटेगुइलाई क्लबबाट बर्खास्त भएका छन् । क्लबमा ४ महिना मात्र विताएका लोपेटेगुइलाई रियलको खस्कदो प्रदर्शनका कारण क्लबले हटाएको हो।

विश्वकप सुरु हुन् १ दिन मात्र बाँकी हुँदा स्पेनको मूख्य प्रशिक्षकको भूमिकाबाट पदमुक्त भएका लोपेटेगुइले त्यसयता रियल सम्हालेका थिए। तर ला लिगामा खराब प्रदर्शनका कारण क्लबले उनलाई हटाएको हो।

रियल हाल १० खेलमा ४ मात्र जित्दै अंक तालिकाको ९ औं स्थानमा छ। आइतबार भएको बार्सिलोना विरुद्धको एल क्लासिकोमा ५–१ को हार बेहोरेपछि लोपेटेगुइलाई पदमुक्त गर्ने कुरा चर्किएको थियो। लिगमा रियकको यो विगत १८ वर्षको सबैभन्दा फितलो सुरुआत हो।

Advertisement

तत्काल रियल म्याड्रिड ‘ब’ का प्रशिक्षक सान्टिएगो सोलारीले उनको स्थान लिने क्लबले जानकारी दिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top