खानेपानी संस्थानमा करोडौं घोटाला, महाप्रबन्धकसहित ५ जनालाई कारबाही सिफारिस

१४ कात्तिक ७५, बुधबार
Share this
761shares

काठमाडौं : छानबिन समितिले सामान खरिदमा करोडौँ रुपैयाँ घोटाला गरेको ठहर्‍याउँदै खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलगायत पदाधिकारीलाई कारबाही सिफारिस गरेको छ । घोटालाकै कारण संस्थानलाई २५ करोड रुपैयाँ घाटा भएको समितिको निष्कर्ष छ।

Advertisement

अनियमित खरिदमा महाप्रबन्धक प्रसाद, उपप्रबन्धक ईश्वर प्रसाद, बुटवल शाखाका कामु सहायक प्रबन्धक मोहनदत्त भट्ट, नेपालगञ्ज का इन्जिनियर आशिष कार्की र केन्द्रीय कार्यालयका सहायक प्रबन्धक त्रिदिपकुमार श्रेष्ठको संलग्नता औंल्याउँदै कारबाही सिफारिस गरिएको हो ।

संस्थानको बुटवल तथा नेपालगन्ज कार्यालयका लागि डीआई पाइप तथा फिटिङ समान खरिदमा घोटाला भएको समितिको दाबी छ। ‘संस्थानले दुई कार्यालयका लागि २५ २५ करोड रुपैयाँको पाइप खरिद गरेको देखाएको छ तर भन्सार पास गरेको प्रज्ञापनपत्र हेर्दा नेपालगन्ज भन्सारबाट १२ करोड र भैरहवा भन्सारबाट १३ करोडको सामान आयात गरेको देखिएको छ । दुई ठाउँमा गरी संस्थानलाई २५ करोड घाटा भएको छ,’ प्रतिवेदनमा छ ।

Advertisement

संस्थानमा अनियमितता भएको विषय उठेपछि खानेपानी मन्त्रालयले छानबिन समिति बनाएको थियो ।,यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top