साफ यू–१५ च्याम्पियनसिप : सेमिफाइनलमा नेपाल र पाकिस्तान भिड्दै,विजेताले बंगलादेशसँग खेल्ने

साफ यू–१५ च्याम्पियनसिप : सेमिफाइनलमा नेपाल र पाकिस्तान भिड्दै,विजेताले बंगलादेशसँग खेल्ने

काठमाडौं,कात्तिक १५
ललितपुरमा जारी साफ यु–१५ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि आज आयोजक नेपाली टोलीले पाकिस्तानको सामना गर्दैछ ।खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउसो २ः३० बजे शुरु हुनेछ ।

नेपाली टिमका प्रशिक्षक सनोज श्रेष्ठले पाकिस्तानलाई हराएर फाइनल पुग्ने नेपालको योजना रहेको बताएका छन् ।गतवर्षको उपविजेता बनेको नेपाल फाईनलमा भारतसँग पराजित भएको थियो ।

नेपालले यसपटकको प्रतियोगितामा पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराएको थियो भने दोस्रो बंगलादेशसंग २–१ ले पराजित भएको थियो ।

पाकिस्तानले पनि नेपाललाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ । पाकिस्तानले प्रतियोगितामा सोचेभन्दा पनि राम्रो प्रदर्शन गरिरहेको छ ।

उपाधिको बलियो दाबेदार मानिएको भारतलाई २–१ ले हराएको पाकिस्तानले अर्को खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो । च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भारतलाई हराउँदै बंगलादेश फाईनलमा प्रवेश गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.