कृषिको बजेटमा जम्बो टोली लिएर विदेश शयर

कृषिको बजेटमा जम्बो टोली लिएर विदेश शयर

विराटनगर : कृषि विकासका लागि छुट्याईएको बजेट दुरुपयोग गर्दै सुनबर्षी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी विदेश भ्रमणमा गएका छन् ।

सुनवर्षी नगरपालिकाका मेयर कालिप्रसाद दास, उपमेयर मञ्जु राईसहित ८ जना वडा अध्यक्ष र कर्मचारीको जम्बो टोली कृषि अध्ययन अवलोकन भ्रमणको नाममा भारताको सिक्किम गएका हुन् ।

जनप्रतिनिधिहरु सुविधाभोगी बन्दै गएको गुनासो आईरहेको बेला जनताको पैसाबाट जम्बो टोली अध्ययन भ्रमणको नाममा भारत पुगेको हो ।

गत बुधबार कृषि अध्ययन अवलोकन भ्रमणका लागि सुनसरी, मोरङ, झापा, र इलाम जाने सुची बनाएको जम्बो भ्रमण टोली घुम्दै–घुम्दै सिक्किमको राजधानी ग्यान्टोक पुगेर फेसबुकमा फोटो सार्वजनिक गरेपछि कृषि अवलोकन भ्रमणको नाममा विदेश पुगेको रहस्य खुलेको हो ।

शुक्रबार सम्म भ्रमण टोली भारतमै थियो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.