रेल्वे परियोजनाको काम मुआब्जा नलिएपनि अघि बढ्ने

रेल्वे परियोजनाको काम मुआब्जा नलिएपनि अघि बढ्ने

विराटनगर : भारत– बथनाह– विराटनगर रेल्वे परियोजना अन्तर्गत रंगेली रोड उत्तरतर्फको काम सुरु भएको छ । जग्गा मुआब्जा विवादका कारण काम अघि बढ्न नसकेको क्षेत्रमा काम थालनी गरिने भएको हो ।

हाल बथनाहदेखि विराटनगर हुँदै कटहरी– २ हुलाकी राजमार्ग ट्रयाक खोलीएको छ । तर हुलाकी मार्ग उत्तरतर्फ मुआब्जा विवादका कारण रेल्वे लाईनको काम सुरु हुन सकेको थिएन ।  हुलाकी मार्ग उत्तर क्षेत्रमा १५ जना जग्गाधनीले मुआब्जा नलिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय मोरङको अन्तिम पटक सुचना निकालेर १५ दिनभित्र मुआब्जा बुझ्न नआए कानुन अनुसार जग्गा अधिग्रहण गरी परियोजना निर्माण गर्न भारतीय ठेकेदार कम्पनीलाई हस्तान्तरण गर्ने तयारी थालेको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.