पीएसजीको लगातार १२ अौं जित,एमबाप्पे चम्किए

१७ कात्तिक ७५, शनिबार
Share this
737shares

एजेन्सी,कात्तिक १७
लिग वन अन्तर्गत शुक्रबार भएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिललाई २–१ ले पराजित गरेको छ ।युवा फरवार्ड किलियन एमबाप्पेले गोल र असिस्ट गरेपछि फ्रान्सेली क्लब पीएसजीले जित हात पार्न सफल भएको हो ।

Advertisement

लिगमा लगातार १२ औं जित दर्ता गर्दै पीएसजीले शीर्ष स्थानमा अग्रता बढाउन सफल भएको छ । जित दिलाउन निकै प्रतिस्पर्धात्मक खेलमा किलियन एमबाप्पे र नेयमारले गोल गरे । खेलको अन्तिम समयमा लिलले सान्त्वना गोल फर्काएपनि त्यसले नतिजामा असर परेन ।

गोलरहित रहेको पहिलो हाफमा पीएसजीले पाएको मौका सदुपयोग गर्न सकेन । दोस्रो हाफमा युवा फरवार्ड एमबाप्पेले पीएसजीलाई अग्रता दिलाए । उनले मिडफिल्डबाट आएको थ्रु पासलाई ७० औं मिनेटमा गोल गरे । त्यसको १४ मिनेटपछि नेयमारले एमबाप्पेको पासमा गोल गर्दै अग्रता दोब्बर पारे ।

Advertisement

निकोलस पेपेले खेलको अन्तिम मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । यस जितसँगै पीएसजीले १२ खेलमा ३६ अंक पुर्याएको छ । दोस्रो स्थानमा रहेको लिलको २५ अंक छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top