×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026
Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026

रोनाल्डो र ध्रुवेको भरमा चितवन राष्ट्रिय निकुञ्ज

१८ कार्तिक २०७५

चितवन,कात्तिक १८

हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरका हात्ती प्रजननका लागि जङ्गली भाले हात्तीमा निर्भर हुनुपर्ने अवस्था छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा जङ्गली हात्ती रोनाल्डो र पश्चिमी क्षेत्रमा ध्रुवेले निकुञ्जका पोथी हात्तीलाई प्रजनन गराउँदै आएको छ । निकुञ्जमा प्रजननयोग्य भाले हात्तीको कमी छ ।

Advertisement
Advertisement

हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख बुधन चौधरीका अनुसार १० वर्षयता केन्द्रका अधिकांश पोथी हात्तीलाई रोनाल्डोले गर्भाधान गराउँदै आएको छ । उनले  भने– ‘रोनाल्डोले गर्भाधान गराएपछि १२ भन्दा बढी बच्चा (छावा) जन्मिसकेका छन् ।’

गत शुक्रबार मात्र गणेशकलीले भाले तथा असोज २३ गते पुजाकलीले पोथी बच्चा जन्माएका थिए । तिनीहरु रोनाल्डोकै सन्तान हुन् । अहिले प्रजनन केन्द्रमा रहेका गर्भिणी तीन हात्तीमध्ये कर्णालीकली र चितवनकलीलाई रोनाल्डोले नै गर्भाधान गराएको हो ।

लोकतन्त्रकलीलाई भने सुखिभारमा रहँदा ध्रुवेले गर्भाधान गराएको हो । गत वर्ष प्रजनन केन्द्रमा चार हात्तीले बच्चा जन्माएका थिए । ती सबै रोनाल्डोबाट गर्भाधान भएको चौधरीले बताए । अहिले खोरसोरमा नौ पोथी हात्ती छन् ।

तालिम नपाएका आठ तथा तालिम पाएका हात्तीका दुई बच्चा छन् । प्रजनन गराउन योग्य हात्ती नभएको चौधरीले बताए । हात्तीले २२ महिनादेखि २४ महिनामा बच्चा जन्माउने गर्दछ ।

सौराहा क्षेत्रमा पछिल्ला वर्षमा रोनान्डोले राज गर्दै आएको चौधरी बताउँछन् । उनले भने, ‘चितवन राष्ट्रिय निकुञ्जमा ६० हात्ती भए पनि प्रजननयोग्य भाले हात्ती भने छैनन् ।’ चौधरीले थपे, ‘भाले हात्ती १८ भए पनि केही बच्चा तथा केही बुढा छन् ।’

निकुञ्जको पश्चिम क्षेत्रका पोष्टमा रहेका हात्तीलाई ध्रुवे नामको जङ्गली भाले हात्तीले प्रजनन गराउँदै आएको छ । जङ्गली हात्ती रातको समयमा पोथी हात्ती रहेका ठाउँमा आउँछन् । चौधरीका अनुसार असोजको अन्तिम सातादेखि वैशाखसम्म रोनाल्डोले रात खोरसोरस्थित प्रजनन केन्द्रमा बिताउने गर्दछ । बिहान सबेरै रोनाल्डो जङ्गलतर्फ लाग्छ ।

बच्चा जन्माएको ६ महिनापछि पोथी हात्तीमा पुनः भाले हात्ती लाग्छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. कमल गैरे जङ्गली हात्तीको भरमा प्रजनन गराउनु परिरहेको बताउँछन् । पछिल्ला वर्षमा रोनाल्डोले नै प्रजनन केन्द्र धानेको उनले बताए । वि.सं २०४२ मा भारतले उपलब्ध गराएको १६ हात्ती ल्याएर शुरु गरिएको सो प्रजनन केन्द्रमा हालसम्म २६ हात्तीका बच्चा जन्मिएका छन् ।

‘पछिल्ला वर्षमा प्रजनन राम्रै रहेको छ,’ डा. गैरेले भने । व्यवस्थापनमा सुधार, आहारमा सुधार, जङ्गली भालेको आगमन, स्वास्थ्य उपचारको सुविधा, प्रजनन स्वास्थ्यमा सुधारलगायत कारण प्रजननको अवस्था राम्रो भएको उनको भनाइ छ । जङ्गली हात्ती नआए भने प्रजननमा समस्या हुने देखिन्छ ।

Advertisement

–नारायण अधिकारी /रासस

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top