एएफसी यू-२३ छनोटको समूह चरणमा नेपाल कठिन समूहमा

एएफसी यू-२३ छनोटको समूह चरणमा नेपाल कठिन समूहमा

काठमाडौं, कात्तिक २१
सन् २०२० मा थाइल्याण्डमा हुने एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणको समूह चरणको ड्र सार्वजनिक भएको छ । एसियन फुटबल महासंघ (एएफसी) ले सहभागि ४४ देशहरुलाई ११ समूहमा विभाजन गरेको छ ।

यस प्रतियोगिताबाट अन्तिम चरणको आयोजक थाइल्याण्डसहित १६ टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । ११ समूहका शीर्ष टोली स्वतस् छनोट हुनेछन् भने तेस्रो स्थान हासिल गर्ने ४ टोली पनि अर्को चरणमा पुग्नेछन् । यदि थाईल्यान्ड आफ्नो समूहमा शीर्षस्थान हासिल गरे अथवा उत्कृष्ट ४ दोस्रो स्थानमा पारेको खण्डमा पाँचौ टोली पनि छनोट हुनेछ ।

नेपाल रहेको समूह ‘ए’ मा कतार, ओमान र अफगानिस्तान रहेका छन् । यू–२३ उमेर समूहमा नेपालको नतिजा राम्रो रहन सकेको छैन । यता कतार भने पछिल्लो संस्करणमा तेस्रो स्थान हासिल गरेको टोली हो ।

कतारले दक्षिण कोरियालाई तेस्रो स्थानको खेलमा हराएको थियो । सेमिफाइनलमा टोली भिएतनामसँग टाइब्रेकरमा पराजित भएको थियो । कतारमा हुने प्रतियोगिता मार्च २२ देखि २६ तारिखसम्म चल्नेछ । प्रतियोगिताको अन्तिम चरण जनवरी ८–२६ सम्म थाइल्याण्डमा हुनेछ ।

प्रतियोगिताका  समूह :

समूह ए : कतार, ओमान, नेपाल, अफगानिस्तान

समूह बी : प्यालेस्टाइन, बहराइन, बंगलादेश, श्रीलंका

समूह सी : इराक, इरान, तुर्कमेनिस्तान, यमन

समूह डी : साउदी अरेबिया,संयुक्त अरब इमिरेट्स, लेबनान, माल्दिभ्स

समुह ई : जोर्डन, सिरिया, किर्गिजस्तान, कुवेत

समूह एफ : उज्बेकिस्तान, ताजिकिस्तान, भारत, पाकिस्तान

समूह जी : उत्तर कोरिया, हङकङम, सिंगापुर, मंगोलिया

समूह एच : दक्षिण कोरिया, अष्ट्रेलिया, क्याम्बोडिया, चाइनिज ताइपेई

समूह आइ : जापान, म्यानमार, टिमोर लेस्ते, मकाउ

समूह जे: मलेसिया, चीन, लाओस, फिलिपिन्स

समूह के:भियतनाम, थाइल्याण्ड, इन्डोनेसिया, ब्रुनाई

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.