देवकोटाको ११०औँ जन्मजयन्ती मनाइयो

२१ कात्तिक ७५, बिहीबार

काठमाडौँ,कात्तिक २१

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज यहाँ मनाइयो । नेपाल सांस्कृतिक सङ्घद्वारा आयोजित कार्यक्रममा साहित्यकार रमा शर्माले १० वर्षको कलिलो उमेरदेखि नै साहित्य रचना गरेर छोटो अवधिमा नेपाली साहित्यलाई हालको गौरव गर्ने अवस्थामा पुर्याउनुभएको बताइन्  ।

अङ्ग्रेजीको बोलबाला भएको यस युगमा नेपाली भाषाको पुनरुत्थान गर्न देवकोटा जस्ता मान्छे फेरि चाहिएको उनले बताइन् । शर्माले २०१० मा भानुभक्तको पहिलो शालिक राजा महेन्द्रले शिलान्यास गर्दा महाकवि देवकोटा पनि उपस्थित रहनुभएको उनले जानकारी दिइन्  ।

Advertisement

सांस्कृतिक सङ्घका अध्यक्ष गोविन्ददेव पन्तले सङ्घ र देवकोटाको विशेष सम्बन्ध रहेको बताउँदै महाकवि पनि सङ्घको सदस्य रहनुभएको उल्लेख गरे । उनले भारतीय विद्वान राहुल सांकृत्यायन नेपाल आउँदा देवकोटालाई भगवान् बुद्धपछिको ठूलो व्यक्ति भन्नुभएको स्मरण गरे । उनले देवकोटा भारतका कविहरु पन्त, प्रसाद र निराला तीनजना संयुक्तभन्दा पनि ठूला कवि रहेको मूल्याङ्कन गर्नुभएको बताए।

कार्यक्रममा कविहरु रमेश खकुरेल, कोषराज न्यौपाने, अच्युतरमण रेग्मी, भूवनहरि सिग्देल, रमा शर्मा, अनुराधा थापा, विपुल सिजापति, भाग्यशाली अधिकारी, रत्ननिधि रेग्मी, इशा शाह, प्राडा.भीमदेव भट्ट, प्राडा. मोहनप्रसाद लोहनी, बैरागी जेठा, प्रमोद स्नेही, गिरिराज जोशी, विष्णु थिङ आदिले कविता वाचन गरेका थिए ।

कार्यक्रममा सङ्घले श्रीमती इशा शाह र गिरिराज जोशीलाई उनीहरुको काव्यिक योगदानका लागि रु १० हजार राशिको देवकोटा काव्यिक पुरस्कार प्रदान गरिएको थियो । सो पुरस्कारका लागि कवि रमेश खकुरेलले रकम उपलब्ध गराएका थिए ।

रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top