प्रधानमन्त्री ओलीले आफ्ना बहिनीहरूसँग भाइटीका लगाए

२२ कात्तिक ७५, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले  बहिनीकाे हातबाट भाइटीका लगाएका छन् । सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान भाइटीकाकाे शुभसाइतमा दुई बहिनीकाे हातबाट टीका लगाएका हुन् ।अाेलीलाई जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाबाट भाइटीका लगाइदिएका छन् ।

Advertisement

प्रधानमन्त्री ओलीकी जेठी बहिनी विष्णुमाया चितवनमा र माहिली बहिनी कमलादेवी झापाको काँकडभिट्टामा बस्दै अाएका छन् । उनीहरु दुवै टीका लगाइदिन  काठमाडौं  अाएका थिए ।

चिकित्सकहरूले आराम गर्नू भनेकाले स्वास्थ्यलार्इ ख्याल गर्दै प्रधानमन्त्रीको भाइटीका बालुवाटारमै लगाइएकाे उनको सचिवालयले जनाएको छ ।

Advertisement

Advertisement

 

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top