NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

‘प्रधानमन्त्री बन्ने देउवाको प्रस्ताव मानिनँ: दाहाल’

बुधबार पुस ५ , २०७४
A A
Advertisement
‘प्रधानमन्त्री बन्ने देउवाको प्रस्ताव मानिनँ: दाहाल’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन्। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारको भेटमा आगामी ५ वर्षकै लागि प्रधानमन्त्री बन्न आफूलाई प्रस्ताव गरे पनि त्यो अस्वीकार गरेको बताए। यो खबर रामकृष्ण अधिकारीले आजको अन्नपूर्णमा लेखेका छन्।

चुनावी समीक्षा र पार्टी एकताका विषयमा छलफल गर्न सोमबार बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरूलाई पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा ब्रिफिङ गर्दै दाहालले प्रधानमन्त्री देउवाले कांग्रेस, मधेसकेन्द्रित दल र माओवादी समेतको संयुक्त सरकार गठन गर्ने र त्यस्तो सरकारको ५ वर्षसम्मै प्रधानमन्त्री आफूलाई दिने गरी प्रस्ताव राखेको जानकारी दिएका छन्। तर, देउवाको त्यस्तो प्रस्तावलाई आफूले ठाडै अस्वीकार गरेर ५ वर्ष प्रतिपक्षमा बस्ने मानसिकता बनाउन सुझाव दिएको दाहालले बैठकमा खुलासा गरेका थिए।

दाहालको भनाइको पुष्टि माओवादी केन्द्रका सचिवालय सदस्य अग्नि सापकोटाले पनि गरे। ‘हामीलाई सरकारको नेतृत्व गर्ने गरी कांग्रेसले प्रस्ताव गरेको थियो’, दाहालको भनाइ उद्धृत गर्दै नेता सापकोटाले सोमबार साँझ केही सञ्चारकर्मीसँगको भेटमा भने, ‘तर अध्यक्षले शेरबहादुरजीलाई नेतृत्व हस्तान्तरण गर्दा पनि केपीजीले मलाई प्रधानमन्त्रीको अफर गर्नुभएको थियो, मानिनँ। अहिले ओलीजीलाई दिन खोज्दा पनि शेरबहादुरजीबाट मलाई अफर आएको छ तर त्यस्तो अफरमा हामी रुमल्दैनौं, अहिले त्यस्तो प्रस्ताव, अफर पार्टीको चाहना पनि होइन।’

Advertisement

प्रधानमन्त्री देउवा र दाहालबीच शनिबार भेट भएको थियो। देउवाको त्यस्तो प्रस्तावमा आफूले अब यताउता नगरी ५ वर्ष प्रतिपक्षमा बस्ने मानसिकतातिर लाग्न प्रस्टै भनिदिएको दाहालले बैठकमा सुनाएका थिए। उनले निर्वाचन परिणामपछि कांग्रेसले आफ्नो पोजिसनको खोजीमा लागेकाले सरकार गठनमा केही समय विलम्ब हुने संकेत पनि बैठकमा गरे।

कांग्रेसले अहिले पोजिसन खोजेको देखिन्छ, त्यही भएर उसले राष्ट्रियसभासम्बन्धी विषयलाई संवैधानिक र कानुनी रूपमा नभई राजनीतिक रूपमा उठाउन चाहेको देखिन्छ,’ दाहालले बैठकमा भने, ‘कांग्रेस पनि जर्वजस्त शक्तिकै रुपमा देखा परेको छ। उसलाई पनि समेटेर सन्तुलित रूपमा लैजान सक्ने गरी समन्वयकारी भूमिका माओवादीले खेल्नुपर्छ।’

माओवादीले अब त्यस्तो समन्वयकारी भूमिका निर्वाह गर्ने नेता सापकोटाले बताए। कांग्रेसलाई पोजिसन दिने विषयमा हिजोको जस्तो स्तरमा नभई निर्वाचन परिणाम पछिको सन्तुलनका आधारमा भूमिका दिई राष्ट्रिय सहमति खोजी गरेर जानुपर्नेमा दाहालको जोड थियो।

हामीले हिजो पनि समन्वयकारी भूमिका निर्वाह गरेकै कारण संविधानसभाबाट संविधान निर्माण हुन सक्यो, निर्वाचन सम्पन्न हुन सक्यो अब पनि कांग्रेसलाई साथै लिएर जाने गरी हामीले समन्वयकारी रूपमा सन्तुलित भूमिका खेलेर जान सक्नुपर्छ’, दाहालको भनाइ थियो। त्यसका लागि माओवादीले अब प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच छलफल गर्ने वातावरण तयार पारी सहमतिको खोजी गर्ने निष्कर्ष निकालेको छ।

राष्ट्रियसभा गठनसम्बन्धी विवाद राजनीतिक विषय हो, यसलाई राजनीतिक सहमतिकै आधारमा समाधान गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको छ। अब शीर्ष नेताहरू नै बसेर निष्कर्ष निकाल्ने गरी अगाडि बढ्छौं, बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन्।

राष्ट्रियसभासम्बन्धी अध्यादेशले ल्याएको समस्याका विषयमा निर्वाचन आयोग र संविधानविद्सँग बसेर परामर्श पनि गरिने अर्का नेता देवेन्द्र्र पौडेलले जानकारी दिए।

सरकार र पार्टी एकताको विषय सँगसँगै अगाडि लैजानुपर्नेमा माओवादी बैठकले जोड दिएको छ। दाहालले पार्टी एकताका सन्दर्भमा जोड्न खोज्नेहरू खुसी मात्र भए पनि तोड्न खोज्नेहरू भने सक्रिय हुन थालेको तर्फ बैठकमा नेताहरूलाई सचेत रहन दाहालले आग्रह गरेका थिए। एमालेका कतिपय नेताका अभिव्यक्तिले संशय र आशंका ल्याउने काम गरे पनि त्यस्तो आशंका दुई पार्टी एकता संयोजन समितिको बैठक बसेपछि दूर हुने विश्वास दाहालले व्यक्त गरे।

‘दुई पार्टीका बीचमा पार्टी एकताकै विषयमा भने निर्वाचनपछि गम्भीर भएर छलफल चलेको छैन, एकता गर्नेमा दुवै पार्टी सहमत छौं तर अध्यक्षको विश्वास एकता संयोजन समितिमा छलफल भएपछि कार्यतालिका बन्छ भन्नेमा छ,’ नेता सापकोटाले भने, ‘हामीले अहिले एकतामा जोड गरेकै प्रस्ताव आफ्नै भएर हो। आफ्नै प्रस्ताव भएकाले पनि यसलाई निष्कर्षमा पुर्‍याउने दायित्व र स्वामित्व हामीले नै लिनुपर्छ।’

सरकार गठनअगावै पार्टी एकताको कार्ययोजना नै बनाउनुपर्ने माओवादी बैठकले जोड गरेको छ।

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.