विवाह दर्ता र छोरीको जन्म दर्ता गराइ माग्दा विराटनगरमा एक महिला कुटिइन्

२५ कात्तिक ७५, सोमबार

विराटनगर, कार्तिक २६

श्रीमतीलाई कुटपिट गरेको आरोपमा विराटनगरबाट प्रहरीले श्रीमान् खगेन्द्र घिमिरे र आमाजु ४० बर्षीया होमा घिमिरेलाई पक्राउ गरेको छ । विराटनगर १ की २९ बर्षीया देविका कँडेल घिमिरेलाई कुटपिट गरेको आरोपमा ३८ बर्षीय घिमिरे र आमाजु होमालाई मोरङ प्रहरीले नियन्त्रण लिएको हो ।

आइतबार राती परिवारका सदस्य मिलेर देविकालाई कुटपिट गरेको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । देविका माथि कुटपिटमा संलग्न भनिएकी आमाजु होमा नेपाली कांग्रेस निकट तरुण दलकी पुर्वकेन्द्रीय सदस्य समेत हुन् । खगेन्द्रसंग पाँचवर्ष अगाडी विवाह गरेकी देविकाकी एक छोरी छिन् ।

Advertisement

विवाह भएपछि नै मानसिक यातना दिन शुरु गरेका उनीहरुले एक बर्ष अगाडीदेखि कुटपिट गर्दै आएका थिए । अहिलेसम्म विवाह दर्ता र छोरीको जन्मदर्ता समेत नगरी श्रीमतीलाई कानुनी मान्यता दिन अस्वीकार गर्दै श्रीमान र घरपरिवारले यातना दिने गरेकाले विराटनगर–१ का स्थानीयहरुले त्यसको विरोध गरेका छन् ।

सोमबार जिल्ला प्रहरी कार्यालयमा धेरै संख्यामा स्थानीयहरु भेला भएर दोषिलाई कारवाहीको माग गरेका छन् । गएको आइतवार विराटनगर महानगरपालिकाको न्यायिक समितिमा विवाह दर्ता, छोरीको जन्मदर्ता र खान लाउन प्रबन्ध गरिदिन आग्रह गर्दै निवेदन दिएपछि राती उनीमाथि कुटपिट भएको अधिकारकर्मी योशा गुरागाईले बताइन् ।

Advertisement

छिमेकीका अनुसार खगेन्द्रले देविकालाई घरबाट हटाउन सम्पति लुकाउने र सम्बन्ध विच्छेद गर्न दवाव दिदै यातना दिदै आएका थिए । देविकामाथि कुटपिट तथा मानसिक यातना दिएपछि कानुनी उपचारका लागि प्रहरीमा उजुरी गरिएको पीडितका दाजु कृष्ण कँडेलले बताए । खगेन्द्र बैदेशिक रोजगारीबाट फर्किएका हुन भने देविका विराट नर्सिङ होममा काम गर्छिन् ।

पिडितको उजुरीपछि कँडेलका श्रीमान् खगेन्द्र र आमाजु (दिदी) होमा घिमिरेलाई नियन्त्रणमा लिए्र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङ महिला बालबालिका सेवा केन्द्रकी प्रमुख प्रहरी निरीक्षक जमुना बस्नेतले जानकारी दिइन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top