NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह आइतवार असार २२ , २०८२
नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने  आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल  आइतवार असार २२ , २०८२
ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ? आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

छालाको रोगमा खानाको महत्व

सोमवार कार्तिक २६ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
छालाको रोगमा खानाको महत्व
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, कात्तिक २६

पछिल्लो समय छाला सम्बन्धी बिमारीमा मानिसको सचेतना बढेसँगै खाना र रोगको सम्बन्ध जान्न पनि उतिकै उत्सुक छन्। कुनैकुनै रोगमा यो चाहिँ खाना नखानुस् भनेर सजिलोसँग भन्न सकिए पनि धेरैजसो अवस्थामा यो नखानुस् या खानुस् भन्न चिकित्सकलाई पनि सजिलो छैन।

दृश्य १
करिब २५ अलिक दुब्लो एक व्यक्ति ओपिडीमा आउछन् छालाको एलर्जीको समस्याले। गाउँघरमा छालाको एलर्जीमा मासु खान हुन्न भनेको भरमा उनले मासु लगायत आलु, दाल, भेन्टाहरू नखाएको करिब तीन वर्ष भएछ। पहिलो नजरमा नै भन्न सकिन्छ कि उनी छालाको एलर्जीले भन्दा पनि पौष्टिक आहारको कमीले पीडित छन्।

Advertisement

दृश्य २ 
करिब पाँच वर्षको बच्चालाई जिउमा केही डाबर आएको छ। चार–पाँच दिनदेखि आफन्तको सल्लाहमा कुनै घरेलु औषधिलाई उमालेर त्यसको झोल ख्वाइन्छ। परिणाम बच्चालाई जिउभरि झन् धेरै एलर्जी आउँछ र अस्पतालमा भर्ना हुनुपर्दछ।
यी  त  केवल  प्रतिनिधि उदाहरण मात्र हुन्। यस्ता घटना हाम्रो दैनिक चिकित्सकीय अभ्यासमा धेरै देखिन्छ।

प्रस्तुत लेखमा छालाको विभिन्न रोगहरूमा हामीले खाने खानासँगको सम्बन्ध देखाउने कोसिस गरिएको छ।

छालाको एलर्जी (अर्टिकेरिया)
सिउडोएलर्जिन फ्री डाइट – सिउडोएलर्जिनको प्रयोग खानाको स्वच्छता कायम राख्नका लागि अथवा खानालाई रंगीन बनाउन प्रयोग हुन्छ। जो तयारी अथवा लामो समयसम्म भण्डारण गर्नुपर्ने खानामा हुन्छ। त्यस्ता खानाहरूको कमभन्दा कम प्रयोगले एलर्जीका बिरामीलाई फाइदा भएको अध्धयनले देखाएको छ। अर्थात्, घरमा आफैले पकाएको स्वच्छ  र ताजा खानाको नियमित प्रयोग।

अरोमेटिक कम्पाउन्ड्स – यस्ता रसायनयुक्त खानेकुरा दूध, अन्डा, चीज, मक्खन, पाउरोटी, पास्ता, मह, गोलभेँडा, पालुंगो, मकै जस्ता खाने कुरामा पाइन्छ। तर यी खानेकुरा सबै    छोड्नुस् भन्ने लेखकको आसय होइन।

डन्डीफोर  
गुलियो खाद्य पदार्थ – विभिन्न अध्ययनले देखएका ग्लुकोज तथा इन्सुलिनको मात्रा तुरुन्त बढाउने खानेकुराको सेवनले डन्डीफोर निकाल्न वा बढाउन मद्दत गर्दछ। जस्तैः ग्लुकोज, आलु, सेतो चामल, सेतो पाउरोटी, फ्रेन्च फ्राई, दुनोट, केरा, अंगुरले डन्डीफोर बढाउने देखिएको छ। त्यसकारण डन्डीफोरको समस्या आएकाहरूले यी खानेकुरा खाँदा सावधानी अपनाउन जरुरी हुन्छ।
दूध – दूधको अधिक सेवनले डनडीफोर बढाउने अध्ययनहरूले देखाएका छन्।

सोरायासिस – यसलाई नेपालीमा कत्लेरोग पनि भनिन्छ। छालाका विभिन्न दीर्घरोग मध्ये यो पनि एक हो। रोगको अवस्थालाई कम गर्न सकिए पनि यो रोग पूर्ण रूपमा नफर्किने गरी निको गर्न सकिँदैन। अध्ययन अनुसार यो रोगमा खानामा विशेष ध्यान दिनुपर्ने हुन्छ। खानामा चिल्लो पदार्थ एकदम कम हुनुपर्छ। धूमपान तथा मध्यपानले यो रोग बढाउँछ। खानामा विशेषगरी पौष्टिक आहार बढाउने भिटामिन डी तथा अन्य एन्टी–अक्सिडेन्टहरू जस्तैः भिटामिन ए, सी, ई तथा सेलेनियमको मात्रा बढाउनुपर्छ। फोलिक एसिड नामक भिटामिन सोरायासिसका बिरामीमा उपयोगी देखिएको छ। साथै मेथोट्रेकसेट नामक औषधि प्रयोग गर्दा फोलिक एसिडको नियमित प्रयोग गरिन्छ।

छालाका क्यान्सरहरू – एन्टी–अक्सिडेन्ट भिटामिनहरू जस्तैः भिटामिन ए, सी, ई तथा सेलेनियमको कमी, भिटामिन डीको कमी, खानामा अधिक चिल्लो पदार्थहरूसँग छालाको क्यान्सरको सम्बन्ध देखिएको छ।

एटोपिक डर्माटाइटिस – नवजात शिशुलाई ६ महिनासम्म केवल आमाको दूध मात्र खुवाउने हो भने एटोपिक डर्माटाइटिस लगायत छालाको विभिन्न रोगबाट बचाउन सकिन्छ।

दुध र अन्डा – हुन त दूध र अन्डाले एटोपिक डर्माटाइटिसको समस्यालाई बल्झाउने कुरा जनमानसमा व्याप्त। केही हदसम्म यो साँचो पनि हो। तर जबसम्म दूध र अन्डाको एलर्जी बिरामीलाई छ भनेर प्रमाणित हुँदैन तबसम्म यी परिकार नछोड्ने सल्लाह दिइन्छ। किनभने पौष्टिक आहारको अभावमा बिरामीलाई अरू समस्या देखिने सम्भावना हुन्छ। एलर्जी छ कि छैन भनेर प्रमाणित गर्नका लागि विभिन्न माध्यम जस्तैः दूध र अन्डाको सेवन गर्दा एलर्जी बढ्ने, स्किन प्रिक टेस्ट तथा रगतमा आइजिईको मात्रा हेर्न सकिन्छ।

प्रोबायोटिक्स तथा प्रिबायोटिक्स – प्रोबायोटिक्सहरू जिउँदा किटाणुहरू हुन्, जसको सेवनले शरीरमा फाइदा हुन्छ। प्रिबायोटिक्सहरू त्यस्ता खाद्यपदार्थ हुन्, जसले आन्द्रामा फाइदाजनक किटाणुको मात्रा बढाउँछ। यिनीहरूको सेवनले आन्द्रामा भएका किटाणुहरूको संवेदनशीलतालाई परिवर्तन गर्नुका साथै आन्द्राका सुजनलाई कम गरी एटोपिक डर्माटाइटिसमा सहयोग गर्छ।(स्वास्थ्य खबर/चर्म यौनरोग विशेषज्ञ डा धिताल)

लोकप्रीय

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२

विचार

थप समाचार

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै
अन्तर्राष्ट्रिय

Breaking news

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 
आर्थिक

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.