छालाको रोगमा खानाको महत्व

२६ कात्तिक ७५, मंगलबार

काठमाडौँ, कात्तिक २६

पछिल्लो समय छाला सम्बन्धी बिमारीमा मानिसको सचेतना बढेसँगै खाना र रोगको सम्बन्ध जान्न पनि उतिकै उत्सुक छन्। कुनैकुनै रोगमा यो चाहिँ खाना नखानुस् भनेर सजिलोसँग भन्न सकिए पनि धेरैजसो अवस्थामा यो नखानुस् या खानुस् भन्न चिकित्सकलाई पनि सजिलो छैन।

दृश्य १
करिब २५ अलिक दुब्लो एक व्यक्ति ओपिडीमा आउछन् छालाको एलर्जीको समस्याले। गाउँघरमा छालाको एलर्जीमा मासु खान हुन्न भनेको भरमा उनले मासु लगायत आलु, दाल, भेन्टाहरू नखाएको करिब तीन वर्ष भएछ। पहिलो नजरमा नै भन्न सकिन्छ कि उनी छालाको एलर्जीले भन्दा पनि पौष्टिक आहारको कमीले पीडित छन्।

Advertisement

दृश्य २ 
करिब पाँच वर्षको बच्चालाई जिउमा केही डाबर आएको छ। चार–पाँच दिनदेखि आफन्तको सल्लाहमा कुनै घरेलु औषधिलाई उमालेर त्यसको झोल ख्वाइन्छ। परिणाम बच्चालाई जिउभरि झन् धेरै एलर्जी आउँछ र अस्पतालमा भर्ना हुनुपर्दछ।
यी  त  केवल  प्रतिनिधि उदाहरण मात्र हुन्। यस्ता घटना हाम्रो दैनिक चिकित्सकीय अभ्यासमा धेरै देखिन्छ।

प्रस्तुत लेखमा छालाको विभिन्न रोगहरूमा हामीले खाने खानासँगको सम्बन्ध देखाउने कोसिस गरिएको छ।

Advertisement

छालाको एलर्जी (अर्टिकेरिया)
सिउडोएलर्जिन फ्री डाइट – सिउडोएलर्जिनको प्रयोग खानाको स्वच्छता कायम राख्नका लागि अथवा खानालाई रंगीन बनाउन प्रयोग हुन्छ। जो तयारी अथवा लामो समयसम्म भण्डारण गर्नुपर्ने खानामा हुन्छ। त्यस्ता खानाहरूको कमभन्दा कम प्रयोगले एलर्जीका बिरामीलाई फाइदा भएको अध्धयनले देखाएको छ। अर्थात्, घरमा आफैले पकाएको स्वच्छ  र ताजा खानाको नियमित प्रयोग।

अरोमेटिक कम्पाउन्ड्स – यस्ता रसायनयुक्त खानेकुरा दूध, अन्डा, चीज, मक्खन, पाउरोटी, पास्ता, मह, गोलभेँडा, पालुंगो, मकै जस्ता खाने कुरामा पाइन्छ। तर यी खानेकुरा सबै    छोड्नुस् भन्ने लेखकको आसय होइन।

डन्डीफोर  
गुलियो खाद्य पदार्थ – विभिन्न अध्ययनले देखएका ग्लुकोज तथा इन्सुलिनको मात्रा तुरुन्त बढाउने खानेकुराको सेवनले डन्डीफोर निकाल्न वा बढाउन मद्दत गर्दछ। जस्तैः ग्लुकोज, आलु, सेतो चामल, सेतो पाउरोटी, फ्रेन्च फ्राई, दुनोट, केरा, अंगुरले डन्डीफोर बढाउने देखिएको छ। त्यसकारण डन्डीफोरको समस्या आएकाहरूले यी खानेकुरा खाँदा सावधानी अपनाउन जरुरी हुन्छ।
दूध – दूधको अधिक सेवनले डनडीफोर बढाउने अध्ययनहरूले देखाएका छन्।

सोरायासिस – यसलाई नेपालीमा कत्लेरोग पनि भनिन्छ। छालाका विभिन्न दीर्घरोग मध्ये यो पनि एक हो। रोगको अवस्थालाई कम गर्न सकिए पनि यो रोग पूर्ण रूपमा नफर्किने गरी निको गर्न सकिँदैन। अध्ययन अनुसार यो रोगमा खानामा विशेष ध्यान दिनुपर्ने हुन्छ। खानामा चिल्लो पदार्थ एकदम कम हुनुपर्छ। धूमपान तथा मध्यपानले यो रोग बढाउँछ। खानामा विशेषगरी पौष्टिक आहार बढाउने भिटामिन डी तथा अन्य एन्टी–अक्सिडेन्टहरू जस्तैः भिटामिन ए, सी, ई तथा सेलेनियमको मात्रा बढाउनुपर्छ। फोलिक एसिड नामक भिटामिन सोरायासिसका बिरामीमा उपयोगी देखिएको छ। साथै मेथोट्रेकसेट नामक औषधि प्रयोग गर्दा फोलिक एसिडको नियमित प्रयोग गरिन्छ।

छालाका क्यान्सरहरू – एन्टी–अक्सिडेन्ट भिटामिनहरू जस्तैः भिटामिन ए, सी, ई तथा सेलेनियमको कमी, भिटामिन डीको कमी, खानामा अधिक चिल्लो पदार्थहरूसँग छालाको क्यान्सरको सम्बन्ध देखिएको छ।

एटोपिक डर्माटाइटिस – नवजात शिशुलाई ६ महिनासम्म केवल आमाको दूध मात्र खुवाउने हो भने एटोपिक डर्माटाइटिस लगायत छालाको विभिन्न रोगबाट बचाउन सकिन्छ।

दुध र अन्डा – हुन त दूध र अन्डाले एटोपिक डर्माटाइटिसको समस्यालाई बल्झाउने कुरा जनमानसमा व्याप्त। केही हदसम्म यो साँचो पनि हो। तर जबसम्म दूध र अन्डाको एलर्जी बिरामीलाई छ भनेर प्रमाणित हुँदैन तबसम्म यी परिकार नछोड्ने सल्लाह दिइन्छ। किनभने पौष्टिक आहारको अभावमा बिरामीलाई अरू समस्या देखिने सम्भावना हुन्छ। एलर्जी छ कि छैन भनेर प्रमाणित गर्नका लागि विभिन्न माध्यम जस्तैः दूध र अन्डाको सेवन गर्दा एलर्जी बढ्ने, स्किन प्रिक टेस्ट तथा रगतमा आइजिईको मात्रा हेर्न सकिन्छ।

प्रोबायोटिक्स तथा प्रिबायोटिक्स – प्रोबायोटिक्सहरू जिउँदा किटाणुहरू हुन्, जसको सेवनले शरीरमा फाइदा हुन्छ। प्रिबायोटिक्सहरू त्यस्ता खाद्यपदार्थ हुन्, जसले आन्द्रामा फाइदाजनक किटाणुको मात्रा बढाउँछ। यिनीहरूको सेवनले आन्द्रामा भएका किटाणुहरूको संवेदनशीलतालाई परिवर्तन गर्नुका साथै आन्द्राका सुजनलाई कम गरी एटोपिक डर्माटाइटिसमा सहयोग गर्छ।(स्वास्थ्य खबर/चर्म यौनरोग विशेषज्ञ डा धिताल)

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top