बंगलादेशलाई हराए नेपाल ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्ने

२६ कात्तिक ७५, मंगलबार

काठमाडौं, कात्तिक २७
टोकियो ओलम्पिक २०२० महिला फुटबल अन्तर्गत म्यानमारमा जारी एएफसीको प्रारम्भिक छनोट प्रतियोगितामा मंगलबार नेपाल र बंगलादेश भिड्दैछन् ।

सो खेलमा बंगलादेशलाई पराजित गरे नेपाल दोस्रो चरणका लागि छनोट हुनेछ । नेपालले ओलम्पिक छनोटको पहिलो सहभागितामै दोस्रो चरणको यात्रा तय गर्न लागेको हो ।

प्रतियोगिताको सुरुवाती दुई खेलमा उत्कृष्ट सुरुवात गरेको नेपालले भारत र म्यानमारसँग १–१ को बराबरी गरेको थियो । तर, बंगलादेशले समूहको अन्य खेलमा भने फराकिलो हार बेहोरेको छ ।

Advertisement

पहिलो दिनको खेलमा म्यानमारले बंगलादेशलाई ५–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा भारतले ७–१ को भारी अन्तरले पाखा लगाएको थियो । यस नतिजासँगै म्यानमार २ खेलमा ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने समान अंक बोकेको भारत गोलअन्तरमा दोस्रो र नेपाल तेस्रो स्थानमा छ । अंकविहिन बनेको बंगलादेश तालिकाको पुछारमा छ ।

पहिलो खेलमा निरु थापाले ११ औं मिनेटमा गोल गर्दा भारतकी कमला देवीले ३७ औं मिनेटमा गोल फर्काएकी थिइन् । दोस्रो खेलमा नेपालले म्यानमारविरुद्ध दोस्रो मिनेटमा नै सावित्रा भण्डारीको पेनाल्टी गोलमा अग्रता लिएको थियो । तर त्यसको १० मिनेट नबित्दै गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले कर्नरमा आएको बललाई रोक्न नसक्दा म्यानमारले बराबरी गोल फर्कायो ।

Advertisement

नेपालले अग्रता लिएपनि त्यसलाई बचाउन नसक्दा ओलम्पिक छनोटमा जित दर्ता गर्न सकेको छैन । यद्यपी भारत र म्यानमार नेपालभन्दा बलिया टोली हुन् । दुवै खेलमा बराबरी हुँदा पनि नेपालको छनोट हुने सम्भावना बलियो नै रहेको छ । अन्तिम खेलमा नेपालले बंगलादेशलाई पराजित गरेमात्र पनि दोस्रो चरणमा पुग्नेछ ।

प्रत्यक समूहको शीर्ष २ टोली र तेस्रो हुने उत्कृष्ट दुई टोली दोस्रो चरणमा छनोट हुने एन्फाले जनाएको छ । यससँगै नेपालले बंगालदेशलाई पराजित गरेमा शीर्ष दुई अथवा तेस्रो स्थानको उत्कृष्ट दुईमा पर्ने पक्का भएको छ ।

बंगलादेशलाई हराए नेपाललाई समूह उपविजेता बन्न म्यानमार र भारतको खेलमा जित–हारको नतिजा आउनुपर्ने आवश्यकता छ भने भारत–म्यानमार गोलरहित बराबरी भएको खण्डमा नेपाल समूह विजेता हुनेछ । तर नेपालले बंगलादेशलाई भने पराजित गर्नैपर्छ । बंगलादेशले पनि नेपाललाई पराजित गरे दोस्रो चरणमा पुग्ने सम्भावना रहन्छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top