गुपचुप गरिएकै दिन १६ निर्णय

काठमाडौं : प्रधानमन्त्री केपी ओली बिरामी भएपछि झन्डै १५ दिनदेखि रोकिएको मन्त्रिपरिषद् बैठक आईतबार बस्यो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १६ वटा निर्णय गर्यो ।

Advertisement

बैठकलगत्तै सरकारका प्रवक्तासमेत रहेका सञ्चार एवं सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चारकर्मीसामु उपस्थित भए । तर, बैठकका कुनै निर्णय सार्वजनिक गरेनन् ।,आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।

पत्रकार सार्थीहरु, अलि लामो समयपछि आज मन्त्रिपरिषद् बैठक बस्यो, धेरै विषयमा छलफल भयो, आवश्यक निर्णहरु गरिएको छ, समयक्रममा तपाईहरुले थाहा पाइहाल्नुहुन्छ, उनले भने, डिटेल दिन केही प्रबन्ध गर्दैछौँ, फरक ब्यवस्थापन आउँछौँ होला ।

Advertisement

सरकारका प्रवक्ताले निर्णय सार्वजनिक नगरे पनि मन्त्रिपरिषदका अन्य सदस्यले सञ्चारमाध्यमलाई निर्णयका सुचना चुहाए ।

सुचना बाहिर आईहाल्यो । तर, सरकारले सुचना लुकाउन खाजेको भन्दै आलोचना भईरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top