कप्तान पारस टि-ट्वान्टी क्रिकेटको ४१ औं बरियतामा

२७ कात्तिक ७५, मंगलबार
Share this
720shares

काठमाडौं, कात्तिक २७
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको टि–ट्वान्टी क्रिकेटको ब्याटिङ र अलराउन्डर विधाको बरियतामा कप्तान पारस खड्का पर्न सफल भएका छन् ।

Advertisement

नेपाली राष्ट्रिय टिमका कप्तान पारस ब्याटिङ, र अलराउन्डर गरी तीन मध्ये २ वटा विधाको बरियतामा पर्न सफल भएका हुन् । अलराउन्डरमा उनी ४१औं स्थानमा रहेका छन् भने ब्याटिङमा ९३औं स्थानमा उक्लिएका छन् ।

अलराउन्डमा उनले इंग्ल्यान्डका जाइ रुट, बेन स्टोक्स, दक्षिण अफ्रिकाका क्रिस मोरिस, पाकिस्तानका हसन अली, इमाद वासिम जस्ता विश्वचर्चित खेलाडीलाई पछि पारेका छन् ।त्यस्तै ब्याटिङमा पारसले वेष्ट इन्डिजका एन्ड्रे रुसेल, कैरोन पोलार्ड, अष्ट्रेलियाका क्रिस लिन जस्ता खेलाडीलाई पछि पारेका छन् ।

Advertisement

नेपालको युवा बलर सोमपाल कामी पनि टि–ट्वान्टी क्रिकेटको दुबै विधामा परेका छन् । सोमपाल बलिङतर्फ ९४ औं स्थानमा छन् भने अलराउन्डरमा ६४ औं स्थानमा रहेका छन् । त्यस्तै बलिङतर्फ नेपालकै बसन्त रेग्मी पनि ७५ औं स्थानमा पर्न सफल भएका छन् ।

टि–ट्वान्टी क्रिकेटको ब्याटिङ बरियताको शीर्ष स्थानमा भने पाकिस्तानका बाबर अजाम रहेका छन् । त्यस्तै, बलिङतर्फ अफगानिस्तानका युवा बलर राशिद खान रहदा अलराउन्डरमा अष्ट्रेलियाका ग्लेन म्याक्श्वेल रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top