ओलम्पिक महिला फुटबल छनोटः आज नेपाल र बङ्गलादेश खेल्दै

२६ कात्तिक ७५, मंगलबार

काठमाडौँ, कात्तिक २७
ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । नेपाल र बङ्गलादेशबीचको खेल म्यानमारको याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाली समय अनुसार दिउँसो २ः १५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फां)ले जनाएको छ ।

नेपालको दोस्रो चरणको यात्रा यसै खेलले निर्धारण गर्नेछ । अघिल्ला दुई खेलमा बराबरी खेलेको नेपाललाई दोस्रो चरणमा पुग्न जित्नैपर्ने दबाब छ ।

नेपालले पहिलो खेलमा भारत र दोस्रो खेलमा म्यान्मासँग एक÷एक गोलको बराबरी खेलेको थियो । समूह ‘सी’ मा रहेको नेपाल दुई खेलबाट दुई अङ्क जोडेर तेस्रो स्थानमा छ ।

Advertisement

यस समुहमा चार अङ्क जोडेको म्यान्मा शीर्ष र चार अङ्क जोडेको भारत दोस्रो स्थानमा छ । बङ्गलादेश अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।

बङ्गलादेशलाई पराजित गर्नसके नेपाल दोस्रो चरणमा पुग्नेछ । नेपालका लागि भारत र म्यान्माबीचको खेल पनि महत्वपूर्ण हुनेछ ।

Advertisement

भारत र म्यान्माबीच आजै दोस्रो खेल हुनेछ । उक्त खेलमा हार वा जित जे भएपनि बङ्गलादेशलाई हराएमा नेपालले दोस्रो चरणको यात्रा तय गर्नेछ ।

सन् २०२० को टोकियो ओलम्पिकका लागि पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन् ।

तेस्रो हुनेमा उत्कृष्ट दुईलेसमेत दोस्रो चरणको यात्रा तय गर्नेछन् । समूह ‘ए’ र ‘बी’ मा पाँच पाँच राष्ट्र रहेको छ । समूह ‘सी’ र ‘डी’ मा चार चार टोली छन् ।

प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन् । तेस्रो हुनेमा उत्कृष्ट दुईलेसमेत दोस्रो चरण पुग्नेछन् ।

ओलम्पिकको एशियन छनोटअन्तर्गत नेपाल रहेको समूहमा ‘सी’ मा भारत, म्यान्मा र बङ्गलादेश छन् । दुई साता लामो चीनमा प्रशिक्षण गरी नेपाली टोली म्यान्मा प्रस्थान गरेको हो ।

चीनमा रहँदा नेपाली टोलीले त्यहाँ तीन वटा मैत्रीपूर्ण फुटबल खेल खेलेको थियो । नेपाली २२ खेलाडी, दुई प्रशिक्षक र दुई कर्मचारी छन् ।

प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली छन् ।

नेपालले चीनमा रहँदा कात्तिक १२ र १४ गते बेइजिङ फोनिक्स महिला फुटबल टोली तथा १३ गते बेइजिङ स्पोर्टस् युनिभर्सिटीसँग मैत्रीपूर्ण खेल खलेको थियो । जसमा बेइजिङ फोनिक्ससँगको दुवै खेलमा पराजित भएको थियो भने बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई पराजित गरेको थियो ।

नेपाली टोलीमा गोलकिपर एन्जिला तुम्बोप्पो सुब्बा, रुपा रानामगर, लीला लाम्गाडे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल र पुनम मगर छन् ।

त्यस्तै मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने, स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top