प्रर्वद्धकले सेयर बेच्न थालेपछि अपि पावरकाे सेयर मूल्यमा भारी गिरावट, वित्तीय अवस्था शंकास्पद

२७ कात्तिक ७५, मंगलबार
Share this
766shares

काठमाडौं ,कात्तिक २७

Advertisement

प्रवद्र्धकहरुले सेयर बेच्न थालेपछि अपि हाइड्रोपावरको सेयर मूल्यमा भारी गिरावट आएको छ । पुराना लगानीकर्ताले कारोबार भएको ३ दिनमै गुमाए २७ प्रतिशत गुमाएमा छन् ।

तिहारअघि मंगलबार बजार बन्द हुँदा उक्त कम्पनीको सेयर प्रतिकित्ता १८१ रुपैंयाँमा कारोबार भएको थियो । तिहारपछि बजार खुलेको आइतबार यसको सेयर मूल्य १० प्रतिशत घटेर १६३ रुपैंयामा झरेको थियो ।

Advertisement

सोमबार खुलेको बजारमा पनि सोही प्रवृत्ति दोहोरिँदा शेयर मूल्य १४७ रुपैंया कायम भयो । मंगलबार मध्यान्नमा अपिको शेयर प्रतिकित्ता १३३ रुपैंयाँसम्ममा कारोबार भएको छ ।

बजार बन्द हुँदा प्रतिकित्ता १४५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार यस कम्पनीको १ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Advertisement

प्रमोटरको सेयर पब्लिक सेयरमा परिवर्तन भएको र प्रवद्र्धकहरुले सेयर बेच्न थालेका कारण मूल्य घटेको कम्पनीका एक सञ्चालकले बताए । जलविद्युत कम्पनीको प्रमोटर सेयर तीन वर्षपछि स्वतः साधारण सेयरमा परिणत हुने र किनबेच पनि साधारण सेयर सरह हुने कानुनी व्यवस्था छ ।

पछिल्ला दिनमा मात्र होइन, यस कम्पनीको सेयर मूल्य विगत एक वर्षदेखि निरञ्तर घटिरहेको छ । यस कम्पनीका लगानीकर्ताले एक वर्षमा ७५ प्रतिशत सम्पत्ति गुमाएका छन् । एक वर्षअघि प्रतिकित्ता ५१३ रुपैयाँमा कारोबार भएको यस कम्पनीको सेयर अहिले १३३ रुपैयाँमा झरेको छ ।

गत चैतयता यस कम्पनीले वित्तीय विवरण पनि सार्वजनिक गरेको छैन । वित्तीय विवरण पनि सार्वजनिक नहुनु र सेयर मूल्यमा उच्च गिरावट आउनुले कम्पनीको वित्तीय अवस्था विग्रेको आशंका गरिएको छ ।

यस कम्पनी माथि संस्थागत सुशासन कमजोर रहेको गुनासो लगानीकर्ताको छ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top