छठमा प्रदेश सरकारले गर्यो सांस्कृतिक कार्यक्रम (फोटो फिचरसहित)

विराटनगर कात्तिक २९
प्रदेश नम्बर एक सरकारले बुधबार छठ पर्वको अबसरमा विराटनगरमा शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

Advertisement

स्थानीय आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा सजिसजाउ गरेर आयोजना गरीएको कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकार, स्थानीय कलाकारको प्रस्तुतीसंगै विभिन्न जाति समुदायले झाँकी तथा नृत्यहरु प्रस्तुत गरेका थिए।

Advertisement

महोत्सवमा किँरात,झाँगड,सन्थाल,बाँतर,थाँरु,मुस्लिम,राजवंशी जातीका नृत्य सगै झाँकी प्रस्तुत गरिएको थियो । त्यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीले समेत झाँकी प्रस्तुत गरेका थिए ।

संस्कृतिक महोत्सवमा राष्ट्रिय कलाकारहरु दीपाश्री निरौला,बिल्सन विक्रम रई,सुमित खड्का लगायतका कलाका्रहरुले आफनो प्रस्तुती दिएका थिए ।

Advertisement

सो अबसरमा प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्कमत कार्कीले यस्ता चाडपर्वहरु सबैका साझा चाडपर्व भएकोले सद्भाव बढाउने बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री जिवन घिमिरे,प्रदेश सभाका सभामुख प्रदिप भण्डारी, विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली लगायतले पर्वहरुको एकताको भावनाको विकास गरोस भन्दै शुभकामना दिए ।

जिल्लाभरबाट बाक्लो सङख्यामा जनताको उपस्थिती रहेको कार्यक्रममा प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ, मन्त्रीहरु, स्थानीय जनप्रतिधिहरुको सहभागिता रहेको थियो । चियापानमा ठेकुवा,टिकर र फलफुल सहभागीहरुलाई प्रदान गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top