×

NEPAL TIMES UPDATES

Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026
Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026

खानापानबाटै यसरी निको पारौं ग्याष्ट्रिक

२९ कार्तिक २०७५

 कात्तिक २९ : ग्याष्ट्रिक प्राय नेपालीहरुको रोग हो भन्दा फरक नपर्ला । खराब खानपानका कारण नेपालीहरुमा ग्याष्ट्रिक बढेको पाईन्छ ।

खाना र खाना खाने शैलीको कारण नेपालीहरु यस समस्याबाट ग्रसित छन् । पेटसँग सम्बन्धित यो समस्याले समग्र स्वास्थ्यमा प्रतिकुल असर पार्छ । समयमा नै यसबाट छुटकारा पाउन सकिएन भने दीर्घकालिन पीडा बन्छ यो । ग्याष्ट्रिकले अरु संकटको जन्म दिन्छ ।

के हो ग्याष्ट्रिक ?

गाउँघरतिर यसलाई ‘ग्याँस’ वा ‘गानो’ पनि भनिन्छ । पेटको भित्री भाग सुन्निनु नै ग्याष्ट्रिक हो । ग्यासट्राइटिस भएमा फुलेको, पेटमा हावा भरिएको अनुभव हुने, राम्रासँग खाना नपच्ने, लामो समय खाना नखादा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायतका समस्या हुने गर्छ ।

यसले पाचन प्रकियामा पनि बाधा उत्पन्न गर्छ । जसले गर्दा शरिरमा रगत, क्याल्सीयमको कमी हुनेदेखि विस्तारै अल्सर र क्यान्सरसम्म समस्या निम्त्याउने गर्छ । त्यसैले ग्यासट्राइटिसको समयमै उपचार गर्न जरुरी हुन्छ ।

यी खानाबाटै पनि ग्याष्ट्रिक निको पार्न सकिन्छ ः

प्रोबायोटिकयुक्त खाना

ग्यास्ट्राइटिसको मख्य कारणमध्येको एक हो हेलिकोब्याक्टर पाइलोरी ब्याक्टेरिया । प्रोवायोटिकयुक्त खानाले त्यस्ता व्याक्टेरियालाई नष्ट गर्छ । दही, मोही, प्रोबायोटिक सप्लीमेण्ट आदी खाद्यपदार्थमा प्रोवायोटिकको मात्रा अत्याधिक हुने गर्छ ।
एन्टिअक्सिडेन्टयुक्त खानेकुरा

एन्टिअक्सिडेन्टयुक्त खानेकुराले सुन्निएको पेटेको पेटको भित्रि तहलाई कम गर्छ । एन्टिअक्सीयाण्टयुक्त खाना भनेका भिटामिन सी, ए, फ्ल्याभोनोइड, क्यारोटेनोइड, फाइटोकेमिकल हुने गर्छन् । ताजा फलफूलहरु, सागसब्जी, प्याज, लसुन, अदुवा, बेसार, ब्रोकाउली, बन्दाकोबी, कालो चामललगायतका खाद्यपदार्थमा एन्टिअक्सिडेन्ट मात्रा अत्याधिक हुने गर्छ ।

लसुन

लसुलाई आयुर्वेदले पनि निकै महत्वपूर्ण खानाको रुपमा लिने गर्छ । यसलाई वर्षौदेखि घरेलु औषधीको रुपमा पनि प्रयोग गरिदै आइएको छ । लसुनलाई काँचै पनि सेवन गर्न सकिन्छ ।

यसमा प्राकृतिक एन्टीबायोटिक, एन्टीइन्फ्लामेटरीलगायतका तत्व हुने गर्छन् । जसले हेलिकोब्याक्टर पाइलोरी ब्याक्टेरियालाई नष्ट गर्नमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ । त्यतिमात्र नभएर लसुनले ग्यास्ट्राइटिसले पेटमा पार्ने असरलाईसमेत कम गर्दै लैजान्छ ।

स्वस्थकर प्रोटिन

प्रटिनयुक्त खानाको प्रयोगले मात्र ग्यासट्राईटिसको समस्या समाधान हुँदैन । हर्मोन र एन्टीवायोटिक वढी प्रयोग गरिएको मासुबाट स्वस्थकर प्रोटिन प्राप्त गर्न सकिदैन । यस्ता प्रोटिनले ग्यास्ट्राइटिसको असरलाई झन बढाउने काम गर्र्छ । घाँस खुवाइएको पशु, खुला पालिएका कुखुराको मासु, खोर वाहीरको अण्डा, गेडागुडी, स्पाइरुलिना आदिबाट स्वस्थकर प्रोटिन प्राप्त गर्न सकिन्छ ।

फाइबरको प्रयोग

ग्यास्ट्राईटिसको समस्या समधानमा फाइवरयुक्त खानाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यस्ता प्रकारका खानाले पाचन पक्रियासम्बन्धि समस्यालाई पनि निराकरण गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

हार्बड स्कुल अफ पब्लीक हेल्थको खोजअनुसार बढी फाइबर भएका खानाको सेवन गर्दा अल्सरको सम्भावना ६० प्रतिशतले कमी भएर जाने गर्छ । अल्मोण्ड, आँटा, ब्राउन राइस, चिया सिड, आलस, पानीमा भिजाइएको गेडागुडी, टुसा उमारिएको गेडागुडी, फलफूल, सागसब्जीलगायतका खाद्यपदार्थमा फाइवरको मात्रा बढी हुने गर्छ ।

स्वस्थकर फ्याट

बढी तताइएको तेलयुक्त खानेकुराहरु जस्तो की ससेज, आलु, चिप्स, समोसा, जुलेवी र मासुमा पाइने वोसोलाई अस्वस्थकर फ्याटको रुपमा लिइन्छ ।

यस्ता प्रकारका फ्याटलाई सकेसम्म आफ्नो दैनिकीबाट टाढा राख्न जरुरी हुन्छ । त्यसको सट्टामा उमेगा ३ फ्याटी एसीडको प्रयोग गर्न सकिन्छ । जुन स्वस्थकर फ्याट हो । यसको दिनहु सेवनले ग्यास्ट्राइटिसको असर विस्तारै कम भएर जाने गर्छ । माछाको तेल, अल्मोण्ड, काजु, एभोकाडो, आलस, चिया सिडआदिबाट उमेगा ३ प्राप्त गर्न सकिन्छ ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top