माघ १९ देखि धनगढी प्रिमियर लिग (डीपीएल) सञ्चालन हुने भएको छ । डीपीएलको तेस्रो संस्करण माघ १९ देखि फागुन ४ गतेसम्म सञ्चालन हुने भएको हो ।
रुस्लन धनगढी प्रिमियर लिगको तेस्रो संस्करणलाई विजय डिस्टलरीले एक करोड १० लाखमा मुख्य प्रायोजन गर्ने घोषणा गरेको हो।
शुक्रबार सार्वजनिक विज्ञप्तिमा भनिएको छ –‘विजय डिस्टलरीको रुस्लन क्रिकेटले हाम्रो मुख्य प्रायेजकको रुपमा निरन्तरता दिएको छ। डिस्टलरीले एक करोड १० लाखको प्रायोजन गरेको जानकारी गराउँदछौँ’।
२०७३ र ०७४ मा डीपीएलका पहिलो र दोस्रो संस्करणसञ्चालन भएका थिए। टिम चौरह धनगढी संस्करणमा विजय हात पारेको थियो । आयोजकले प्रतियोगिताको लागत भने पाँच करोड अनुमान गरेको छ।