भोजपुर सदरमुकाममा आगलागी

भोजपुर सदरमुकाममा आगलागी

भोजपुर, कात्तिक ३०
भोजपुर सदरमुकामको जिल्ला प्रहरी कार्यालय नजिकै रहेको एक घरमा आगलागी भएको छ ।

भोजपुर नगरपालिका वडा नं ७ का गोविन्द सुन्दासको घरमा आगलागी भएको हो । घरको बीच तलमा बिजुलीको तार सर्ट भई आगो लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिए ।

आगलागीबाट भएको क्षतिको विवरण भने संकलन भईरहेको प्रहरीले जनाएको छ । आगलागी सुरु भएको एक घण्टा पछि स्थानीय, नेपाली सेना, नेपाल प्रहरी तथा दमकलको सहायताले आगो निभाइएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.