मिलेमतोमा मरिच तस्करी, भारतीय बजारमा दोब्बरमा बिक्री

१ मंसिर ७५, शनिबार
Share this
691shares

इनरुवा : सुनुसरीबाट दैनिक ठुलो परिमाणमा मरिच भारततर्फ तस्करी हुने खुलेको छ । नेपाली बजार भन्दा झण्डै दोब्बर मुल्यमा भारतीय बजारमा मरिच किनबेच हुनेहुँदा पछिल्लो समय सुनसरीबाट दैनिकजसो मरिच तस्करी हुने खुलेको छ ।

Advertisement

विशेष स्रोतले जानकारी दिएअनुसार विराटनगर लगायतका बजारबाट खरिद गरिएको मरिच सुनसरीको सीमावर्ती क्षेत्रसहित विभिन्न स्थानबाट भण्डारण गरि सुरक्षाकर्मीसँगको मिलेमतोमा भारततर्फ तस्करी हुने गरेको हो ।

भारतीय ब्यापारीले तस्करसँग मरिच खरिद गरी नेपाली बजारभन्दा दोब्बर मुल्यमा बिक्री गर्ने गरेको स्रोतको दाबी छ ।हाल नेपाली सिमानाकाको बजारमा मरिचको मुल्य प्रतिकेजी ४ सय ५० देखि ६ सय हाराहारीसम्म पर्ने स्थानीय ब्यापारीहरु बताउँछन् ।

Advertisement

नेपाली नाका कटाएर भारतीय ब्यापारीसम्म मरिच पुर्याउने तस्करले प्रतिकेजी ३० देखि ५० रुपैँयासम्म पाउने गर्छन् ।भारतीय ब्यापारीकोमा पुगेपछि सो मुल्यको दोब्बरमा बेच्ने गर्छन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top