विराटनगर,मंसिर १
नेपाली कम्यूनिष्ट आन्दोलनका अगुवा एवम् पूर्व उप–प्रधानमन्त्री भरतमोहन अधिकारीलाई शनिबार विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ ।
नेकपाका नेता एव पुर्व अर्थमन्त्री समेत रहेको ८२ बर्षीय अधिकारीलाई विराटनगरस्थित बिरेन्द्र सभागृहमा कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिक सम्मान दिँदै भव्य नागरिक अभिनन्दन गरिएको हो ।
भरतमोहन अधिकारी अभिनन्दन मूल समारोह समितिले विराटनगरलाई कार्यक्षेत्र बनाएर राजनीतिक आन्दोलन गरेका अधिकारीलाई अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर अभिनन्दन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका एक नं प्रदेशका प्रमुख डा. गोविन्द सुब्बाले विषेश कदर पत्र,मुख्यमन्त्री शेरधन राईले टोपी र दोसल्ला ओढारए अधिकारीलाई सम्मान गरेका थिए ।
कार्यक्रममा दर्जन वढी विभिन्न संघ संस्थाले पनि अधिकारीलाई टिका र माला लगाइदिएर सम्मान प्रकट गरेका थिए ।कार्यक्रममा सम्बोधन गदै एक नं प्रदेशका प्रमुख डा. सुब्बाले अधिकारी नेपाली राजनितिप्रति प्रतिबद्ध र ईमान्दार छवि बनाउन सफल एक कर्मठ ब्यक्ति रहेको भन्दै अधिकारीको ब्यतित्वको खुलेर प्रसंसा गरेका थिए।
प्रदेश प्रमुख सुब्बाले नेपाली कम्यूनिष्ट आन्दोलनमा उनको भुमिका मुलुकले बिर्सन नहुनेमा जोड दिँदै उनी जस्ता नेताको सम्मानमा आफु सहभागी हुन पाएकोमा खुसी व्यक्त गरेका थिए।
कार्यक्रमका विषेश अतिथि रहेका प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधान राईले मुलुक परिवर्तनका लागि अधिकारीको नेपाली राजनितिमा महत्वपुर्ण भुमिका रहेको बताए ।
मुख्यमन्त्री राईले अधिकारी आफ्नो राजनैतिक जीवनको प्रेरणको स्रोत भएको बताउँदै उनले ०६२/०६३ सालको जन आन्दोलन त्यसैगरी संविधान लेखन जस्ता कार्यमा अधिकारीको महत्वपुर्ण योगदानलाई मुलुकले भुल्न नसक्ने बताए ।
कार्यक्रममा अभिन्दित अधिकारीले धेरै कारणले विराटनगरको आफ्नै गरिमामय इतिहास रहेको भन्दै विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी बनाउन माग राखे ।
उनले भने ‘मेरो योगदानलाई कदर गर्दै मलाई सम्मान गर्नु भयो म ज्यादै खुसी भएँ, म तपाईहरुलाई के अनुरोध गर्न चाहन्छु भने प्रदेश नं एकको अस्थायी राजधानी विराटनगरलाई अब पुर्ण राजधानी बनाउँ’।
अधिकारीले अहिले सबै मिल्ने समय भएकाले यो अनुकुलको समयलाई सही सदुपयोग गर्दै मुलुकलाई आर्थिक समृद्धि तर्फ अगाडि बढाउनपनि उनले आग्रह गरे ।
विस २०४६ सालको राजनीतिक आन्दोलन अघि विराटनगरमा ल फर्म चलाएर बसेका अधिकारी २०४६ सालपछि पूर्णकालीन राजनीतिमा लागेका थिए ।
एलिट क्लब विराटनगरको संस्थापकसमेत रहेका अधिकारीले २०४६ सालको आन्दोलन अघि विराटनगरमा राजनीतिक जागरण ल्याउन भूमिका खेलेका थिए ।
बहुदलिय आन्दोलनपछि मनमोहन अधिकारी नेतृत्वमा बनेको नौ महिने सरकारमा भरतमोहन अर्थमन्त्री थिए । ज्येष्ठ नागरिकलाई बृद्धाभत्ता दिने कार्यको प्रारम्भ गर्न अधिकारीको भूमिका थियो ।
भरतमोहन अधिकारी अभिनन्दन मूल समारोह दिवस मनाउन डा. भेषप्रसाद धमलाको अध्यक्षतामा ३०१ सदस्यीयसमिति गठन गरिएको थियो ।
त्यसैगरी ज्येष्ठ नागरिक दिवस समारोहका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई नेतृत्वमा सल्लाहकार समिति गठन गरिएको थियो ।