विराटनगर,मंसिर १
विराटनगरमा शेयर लगानी सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । केसियल अस्टुट काठमाडौको आयोजना र उँ कन्सल्टेन्सी विराटनगरको संयोजनमा अन्तरक्रिया सम्पन्न भएको हो ।
अन्तरक्रियामा वित्तिय क्षेत्रसंग सरोकार राख्ने ब्यक्तिहरुसहित विज्ञहरुले सहभागिता जनाएका छन् । अन्तरक्रिया कार्यक्रममा बोल्नुहुंदै आयोजक संस्थाका डप्युटी सिइओ निर्मल भट्टराई र सिइओ रमिन्द्र रायमाझीले शेयरमा गरिने लगानीको प्रतिफल र ब्यवस्थापन सम्बन्धमा अधिकांश सर्वसाधारणमा अनभिज्ञ रहेकाले अन्तरक्रिया गरिएको बताए ।

उँ कन्सल्टेन्सीका संयोजक संगिता पोखरेलले कार्यक्रममा सहभागि विज्ञ र सर्वसाधारणबीच भएको अन्तरक्रियाले शेयर लगानी ब्यवस्थापनमा सहजता हुने बताए । केसियल अस्टुटले धितो बोर्डसंग लाइसेन्स लिएर शेयर लगानी ब्यवस्थापनको काम गर्दै आएको जनाइएको छ ।