Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा पहिलो पटक फुटवयर विजनेस एक्सपो

विराटनगरमा पहिलो पटक फुटवयर विजनेस एक्सपो

५ पुस, विराटनगर । विराटनगरमा वुधवारवाट फुटवयर विजनेस एक्सपो सुरु भएको छ ।

नेपाली जुत्ता तथा चप्पललाई स्वदेशमै पर्वद्धन तथा बजारीकरणका लागि विराटनगरमा पहिलो पटक चुत्ता चप्पलको मेला आयोजना गरिएको हो ।

एक्सपोको नवनिर्वाचित संसाद लालावावु पण्डिलले एक कार्यक्रमकावीच उद्घाटन गरे ।

नेपाली जुत्ता घरका अध्यक्ष हेमनाथ उपाध्ययले स्वदेशमा उत्पादन गरिएका विभिन्न व्राण्डका जुत्ता चप्पल मेलामा राखिएको जानकारी दिए ।

मेलामा शिखर सुज, विएफ डियर हिल सुज,क्रसरोड सुज,सु-ल्याण्ड र हाइलाईफ लगायतका कम्पनीबाट उत्पादित जुत्ता चप्पल मेलामा राखिएको छ ।

करिब ५ करोडको कारोवार हुने लक्ष्य राखिएको मेलामा ३० स्टल रहेका छन् ।

मेलामा स्वदेशी कम्पनीहरुले उत्पादन गरेका चुत्ता चप्पलमा ७५ प्रतिशत छुटको व्यवस्था समेत गरिएको जनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संसाद पण्डितले मेलामा एक जोर जुत्ता समेत खरिद गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.