पोर्चुगल नेसन्स लिगको सेमिफाइनलमा प्रवेश

२ मंसिर ७५, आइतबार
Share this
811shares

एजेन्सी, मंसिर २
पोर्चुगल जारी युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । नेसन्स लिग अन्तरगत शनिबार राति इटालीको घरेलु मैदान मिलानमा भएको खेलमा सुपर स्टार क्रिस्टियानो रोनाल्डोविनाको पोर्चुगलले इटालीसँग गोलरहित बराबरी खेलेपछि सेमिफाईनलमा पुगेको हो।

Advertisement

एक खेल बाँकी छदै पोर्चुगल नेसन्स लिग ए को समूह ३ मा को समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । त्यस्तै इटाली समूह उपविजेता बन्दा पोल्यान्ड भने पुछारमा रहँदै रेलिगेसनमा पर्यो ।

घरेलु मैदानमा इटालीले गोलको अवसरलाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो । रसिया विश्वकपपछि क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलयता रोनाल्डोले विश्राम लिने निर्णय गरेका कारण पोर्चुगलले खेलेका पछिल्ला खेलमा रोनाल्डो अनुपस्थित रहेका छन् ।

Advertisement

रोनाल्डाको अनुपस्थितिमा पनि पोर्चुगलले पछिल्ला ५ मध्ये ३ खेलमा जित हात पारेको छ । क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिएको पोर्चुगलले इटालीलाई १–०, पोल्यान्डलाई ३–२ र स्कटल्यान्डलाई ३–१ ले पराजित गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top