रसिदका भरमा गाडी चलाइरहेका चालकले तत्काल स्मार्ट लाइसेन्स नपाउने

१ मंसिर ७५, आइतबार

काठमाडौँ , मंसिर २
रसिदका भरमा गाडी र मोटरसाइकल चलाइरहेका चालकले तत्काल स्मार्ट लाइसेन्स नपाउने भएका छन् । डेढ महिनामा ५ लाख लाइसेन्स छपाइ गर्ने दाबी गर्दै छपाइको जिम्मा दिए पनि निजी कम्पनीले १ महिनामा ६० हजार मात्र लाइसेन्स छापेको छ ।

यातायात व्यवस्था विभागले मात्र छाप्न नपुगेको भन्दै निजी कम्पनी मालिका इनकर्पोरेट लिमिटेडलेस्मार्ट लाइसेन्स छपाइ गर्ने जिम्मा दिएको हो । स्मार्ट लाइसेन्स पर्याप्त छपाई नहुँदा ५ लाखभन्दा धेरैले रसिद लिएर गाडी र मोटरसाइकल चलाइरेका छन् ।

झण्डै १ वर्षदेखि स्मार्ट लाइसेन्स माग अनुसार वितरण हुन सकेको छैन । विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बीचमा प्राविधिक गडबढीका कारण मालिकाले सोचेअनुसार काम गर्न नसकेको बताए ।

Advertisement

विभागले दैनिक २५ सयको हाराहारीमा नयाँ लाइसेन्स छापिरहेको छ ।एक दिनमा झण्डै ८ हजार लाइसेन्स छाप्ने क्षमताको प्रिन्टर ल्याउने तयारी गरिरहेकाले पनि अबको एक महिनामा अहिले चीटको भरमा गाडी गुडाइरहेका सबैले स्मार्ट लाइसेन्स पाउने उनले दाबी गरे । दैनिक नयाँ र पुराना गरी ६ हजार भन्दा धेरै लाइसेन्सको माग हुने गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

सम्बन्धित समाचार

Scroll to Top