एजेन्सी, मंसिर ६
बुधबारबाट युएइमा सुरु भएको टी–१० लिग क्रिकेटमा नेपाली युवा बलर सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन ।केरालमा अनुबन्धित भएका सन्दिपले बुधबारको खेलमा आफ्नो २ ओभरमा तीन विकेट हात पारे ।
सारजाह क्रिकेट मैदानमा भएको खेलमा केरलाले टस जितेर पहिले बलिङ गरेको थियो । जसमा पाँचौ ओभर लिएर आएका सन्दिपले पहिलो बलमा नै विकेट लिए । उनले फ्लेचरलाई ३२ रनमा आउट गरे ।
उनले सोहि ओभरको पाँचौ बलमा इन्ग्रामलाई एक रनमा आउट गरे । त्यस्तै उनले दोस्रो ओभरमा पनि उत्कृष्ट बलिङ गर्दै अर्को एक विकेट लिए ।
सन्दिपले आफ्नो पहिलो ओभरमा मात्र १० रन दिएर २ विकेट लिए । व्यक्तिगत दोस्रो ओभरमा मात्र सात रन खर्चिदै सन्दिपले एक विकेट लिए । जसमा उनले मुहम्मद कलीमलाई खाता खोल्न दिएनन् । सन्दीपले कुल २ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए ।