चामल किन्न १० दिन पैदल

मुगु : हुम्लाको सर्केगार्ड गाउँपालिका २, उनपानीकी ४५ वर्षीया कन्नसिला फडेरा आवश्यक बन्दोबस्ती सामग्री पिठ्युँमा बोकेर पाँच दिनपछि गमगढी आइपुगिन् ।

Advertisement

गमगढीबाट खसी र भेडामा चामल बोकाएर घर फर्किन उनलाई थप पाँच दिन लाग्छ। उनीसँगै चामल किन्न आएकी ५० वर्षीया भ्याल्ली फडेरी पाँच क्विन्टल चामल लिएर गाउँ फर्किने तयारीमा छिन्।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

यी दुई मात्र होइन, हुम्लाको सर्केगार्ड र चंखेली गाउँपालिकावासी चामल लिन १० दिन हिँडेर गमगढी आइपुग्छन्। मुगुबाट दुःखकष्ट गरेर लिएको चामल एक महिना पनि नपुग्ने उनीहरूका भनाइ छ।

Advertisement

मुगु सदरमुकाम आएर चामल लिनुको विकल्प छैन। स्थानीयका अनुसार सर्केगाड डिपोमा चामल ढुवानी नभएको लामो समय भयो।

स्थानीयलाई सिमकोट पुग्न तीन दिन लाग्छ तर त्यहाँ पनि चामल नपाउँदा अधिकांश किसान मुगु आउनैपर्छ।गमगढीमा प्रतिकिलो ५० रुपैयाँमा पाइने चामल गाउँ पुग्दा २ सयसम्म पर्ने स्थानीये बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top