चामल किन्न वडा र गाउँपालिका अध्यक्षको सिफारिस

६ मंसिर २०७५, बिहीबार
Share this
689shares

हुम्ला : तीन महिनादेखि चामल किन्न नपाएपछि सिमकोट गाउँपालिका–४ गुराउँसेका गोल विक वडा कार्यालय पुगे ।

Advertisement

वडाध्यक्ष छविचन्द्र लामाले सिफारिस गरिदिए। उनी वडाको सिफारिस बोकेर गाउँपालिका कार्यालय पुगे।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

हारगुहार गरेपछि गाउँपालिका अध्यक्ष्ँ पदम लामाले अर्को सिफरिस बनाइदिए। सिफारिस पत्रमा लेखिएको थियो, ‘श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू, गरिबलाई १० केजी चामल सहयोग गरिदिन अनुरोध छ।’

Advertisement

गाउँपालिका अध्यक्षको त्यही सिफारिसपत्र बोकेर कात्तिक ३० मा हुम्ला सदरमुकामस्थित प्रमुख जिल्ला अधिकारी सिडिओ कार्यालय पुगे।

सिडियो माधवप्रसाद ढुंगाना बिदामा थिए। त्यसपछि सहायक सिडिओ महेशकुमार पोखरेलको कार्यकक्षमा पुगे।

घरमा चामल नभएको र तीन महिनादेखि चामल किन्न नपाएको गोपालको गुनासो र वडाध्यक्ष तथा गाउँपालिका अध्यक्षको सिफारिस पढेपछि सहायक सिडिओ पोखरेलले त्यही सिफारिसपत्रको पछाडि तोक–आदेश लगाए। त्यसमा लेखे, ‘श्री ने.खा.संस्थान, १५ केजी चामल दिने।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top