×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टी–१० लिग : सन्दीपको उत्कृष्ट प्रदर्शन,टोली भने पराजित

७ मंसिर २०७५

एजेन्सी,मंसिर ७
यूएईमा जारी टी–१० लिग अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा नेपाली बलर सन्दीप लामिछाने सम्मिलित केराला नाइट्स बिहीबार सिन्धिससँग ९ विकेटले पराजित भएको छ ।

सन्दीपले उत्कृष्ट बलिङ गर्दै विकेट लिएपनि हार टार्न सकेनन् । केरलाका लागि सन्दीपले मात्र १ विकेट लिएका थिए अन्य बलर भने महँगो सावित भए। केरालाले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य सिन्धिसले आठौं ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

Advertisement
Advertisement

सन्दीपले २० बलमा ४९ रन जोडेका एन्टोन डेभ्चिचलाई आउट बनाएका थिए । सिन्धिसका लागि कप्तान सेन वाटसनले २४ बलमा ४ चौका र ४ छक्काको मदतले नटआउट ५० रन जोडे ।

सन्दीपले २ ओभर बलिङ गर्दै १४ रन खर्चेर १ विकेट लिएका थिए  । टम करनले १ ओभरमा २५ रन दिंदा मोहमद नविदले १ ओभरमा २८ रन खर्चिए । सोहेल तनवीरले १।४ ओभरमा २२ रन दिए भने वायन पार्नेलले १ ओभरमा ११ रन दिए ।

त्यसअघि टस जितेर फिल्डीङ रोजेको सिन्धिसका लागि स्पिनर प्रवीन ताम्बेले कसिलो बलिङ गर्दै सस्तैमा समेट्न पहिलो ओभरमा ह्याट्रिकसहित ४ विकेट लिएका उनले २ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए ।

इनिङसको दोस्रो बलमा क्रिस गेललाई आउट गरेका ताम्बेले चौथो बलमा कप्तान ओइन मोर्गन, पाँचौमा काइरान पोलार्ड र छैटौं बलमा फाबियन एलेनलाई पेभेलियन फर्काएका थिए ।

उनले तेसो ओभरको दोस्रो बलमा उपुल थारंगालाई आउट गर्दै ५ विकेट पूरा गरे । एक समय २१–६ को स्थितिमा रहेको केरालालाई वायन पार्नेल र सोहेल तनाभिरले उकासे । तनाभिर र पार्नेलले सातौं विकेटका लागि ४९ रनको साझेदारी गरे ।

Advertisement

पार्नेलले २४ बलमा ७ चौका र ४ छक्कासहित ५९ रनमा नटआउट रहे । तनाभिर १४ बलमा १ चौका र २ छक्कासहित २३ रन जोडे । टम करनले ७ बलमा ७ रन जोडेपछि केरालाले १० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रन जोडेको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top