एजेन्सी,मंसिर ७
यूएईमा जारी टी–१० लिग अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा नेपाली बलर सन्दीप लामिछाने सम्मिलित केराला नाइट्स बिहीबार सिन्धिससँग ९ विकेटले पराजित भएको छ ।
सन्दीपले उत्कृष्ट बलिङ गर्दै विकेट लिएपनि हार टार्न सकेनन् । केरलाका लागि सन्दीपले मात्र १ विकेट लिएका थिए अन्य बलर भने महँगो सावित भए। केरालाले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य सिन्धिसले आठौं ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
सन्दीपले २० बलमा ४९ रन जोडेका एन्टोन डेभ्चिचलाई आउट बनाएका थिए । सिन्धिसका लागि कप्तान सेन वाटसनले २४ बलमा ४ चौका र ४ छक्काको मदतले नटआउट ५० रन जोडे ।
सन्दीपले २ ओभर बलिङ गर्दै १४ रन खर्चेर १ विकेट लिएका थिए । टम करनले १ ओभरमा २५ रन दिंदा मोहमद नविदले १ ओभरमा २८ रन खर्चिए । सोहेल तनवीरले १।४ ओभरमा २२ रन दिए भने वायन पार्नेलले १ ओभरमा ११ रन दिए ।
त्यसअघि टस जितेर फिल्डीङ रोजेको सिन्धिसका लागि स्पिनर प्रवीन ताम्बेले कसिलो बलिङ गर्दै सस्तैमा समेट्न पहिलो ओभरमा ह्याट्रिकसहित ४ विकेट लिएका उनले २ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए ।
इनिङसको दोस्रो बलमा क्रिस गेललाई आउट गरेका ताम्बेले चौथो बलमा कप्तान ओइन मोर्गन, पाँचौमा काइरान पोलार्ड र छैटौं बलमा फाबियन एलेनलाई पेभेलियन फर्काएका थिए ।
उनले तेसो ओभरको दोस्रो बलमा उपुल थारंगालाई आउट गर्दै ५ विकेट पूरा गरे । एक समय २१–६ को स्थितिमा रहेको केरालालाई वायन पार्नेल र सोहेल तनाभिरले उकासे । तनाभिर र पार्नेलले सातौं विकेटका लागि ४९ रनको साझेदारी गरे ।
पार्नेलले २४ बलमा ७ चौका र ४ छक्कासहित ५९ रनमा नटआउट रहे । तनाभिर १४ बलमा १ चौका र २ छक्कासहित २३ रन जोडे । टम करनले ७ बलमा ७ रन जोडेपछि केरालाले १० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रन जोडेको थियो ।