×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

परराष्ट्रमन्त्री ज्ञवाली विदेश घुमेको घुम्यै

७ मंसिर २०७५

काठमाडौं: प्रधानमन्त्री केपी ओलीले सिंहदरबारमा कार्यसम्पादनबारे मन्त्रीहरूलाई र्‍याखर्‍याख्ती पारिरहँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने जापान डुलिरहेका थिए ।  पाँच दिनका लागि गएका उनी टोकियो, ओसाकालगायत केही सहर घुमे ।

शुक्रबार काठमाडौं आइपुग्ने उनी सम्भवतः चाँडै अर्को देश जानेछन् । किनकि उनी प्रायः घुमेको घुम्यै गर्छन् । मन्त्रालय सम्हालेको ८ महिनामा ६४ दिन त विदेशमै बिताइसके । जापान उनको १३औं भ्रमण हो ।

Advertisement
Advertisement

विदेशमा सरकारका सदस्य भ्रमणमा निस्कँदा जरुरीलाई ख्याल राख्छन् । पाकिस्तानका प्रधानमन्त्री इम्रान खान बुधबार मलेसिया गए, बिहीबार फर्के । आवश्यक ‘डिल’ एकै दिनमा सके । मलेसियाका मानव संशाधनमन्त्री एम कुला संगेरा तीन साताअघि काठमाडौं ओर्लिए । भोलिपल्टै क्वालालम्पुर पुगे ।

Advertisement

नेपालमा गरेको सम्झौता र त्यसले सम्बन्धमा बढाएको प्रभाव क्वालालम्पुर पुगेर सुनाए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुन् वा अन्य मुलुकका विशिष्ट पाहुना नेपाल आउँदा समयमा मितव्ययी बन्छन् । तर हामी त्यसबाट सिक्ने होइन, फुर्सद मिलेको झैं सहर घुमेरै बिताउँछौं ।यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top