डडेल्धुरा, मंसिर ७
डडेल्धुराबाट डोटी जाँदै गरेको बस रडुवा खोलामा बिहीबार साँझ दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । डा. केआई सिंह राजमार्गअन्तर्गत से १ क २९३ नम्बरको बस डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा खस्दा १० जनाको घटनास्थलमा र ६ जनाको जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको हो ।
दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले पुष्टि गरे । बस सडकबाट २०० मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको जनाईएको छ ।
डोटीको शिखर नगरपालिका १० को पिसजोन विद्या निकेतनबाट बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न स्कुल बस लिएर आएका थिए । मेला भरेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।