विराटनगर, मंसिर ९
संघीय सरकारले जानकारी नै नदिई धमाधम कर्मचारी सरुवा गरिदिएपछि प्रदेश १ को संसद सचिवालय भद्रगोल अबस्थामा पुगेको छ । आवश्यक पर्ने कर्मचारीकै अभाव झैल्दै आएको सचिवालयमा माथिल्लो दर्जाका कर्मचारीहरुको सरुवा हुने क्रम नरोकिदा सचिवालयको काम कार्वाही प्रभावित हुने भएको छ ।
गएको असोज महिना यताबाट संसद सचिवालयमा उपल्ला तहका कर्मचारी नहुँदा अहिले अधिकृत तहका कर्मचारीबाट काम चलाउ रुपमा दैनिक प्रशासनिक काम हुदै आएका छन । संसद सचिवालयमा लामो समयदेखि सचिव पद रिक्त रहदै आएको थियो । सचिव डा बासुदेव शर्मा सरुवा भएर आएको एक साता नवित्दै सरुवा भएपछि उनको स्थानमा संघीय सरकारले अर्का सचिवलाई संसद सचिवालयमा हालसम्म पठाएको छैन ।
सचिवको अनुपस्थितीमा उपसचिव लोकबहादुर भण्डारीले जिम्मेवारी सम्हाल्दै आएका थिए । संघीय सरकारले संसद सचिवालयलाई जानकारी नदिई उपसचिव भण्डारी र अर्का उपसचिव बिश्वरुप दाहाललाई सरुवा गरेपछि सचिवालय उपसचिव विहिनपनि बन्न पुगेको छ । संसद सचिवालमा कानुन उपसचिवको पद रहेपनि हालसम्म कानुन सचिव संघीय सरकारले पठाउन सकेको छैन ।
गएको दशै यतामात्र लेखा अधिकृत र स्टोरकिपरको पदपनि रितm रहेको छ । लेखा अधिकृत दलवीर राई भष्ट्रचार अभियोगमा निलम्बनमा परेपछि उनको पद रितm हुन पुगेको संसद सचिवालले जनाएको छ । त्यसैगरी स्टोर किपर संजीव राईलाई पनि संघीय सरकार अन्तर्गतको सामान्य प्रशासन मन्त्रालयले १९ कार्तिकमा सरुवा गरिदिएपछि संसद सचिवालमा स्टोरकिपरको पदपनि खाली हुन पुगेको छ ।
संसद संचिवालयका अनुसार दशैयताको विदा सकिएलगतै अहिले अधिकृत पदका त्रय हरि खत्री,अम्बिकाप्रसाद नेपाल र कानुन अधिकृत मञ्जु खड्का मात्र रहेका छन । त्यसभन्दा माथिको सबै पद रितm छन्। संसद सचिवालयका सुचना अधिकृत अम्बिकाप्रसाद नेपालले संसद सचिवालमा अधिकार प्राप्त अधिकारीको अभावमा ठूला निणर्य र आर्थिक क्रियाकलापकासंग जोडिएका बिषयबस्तुसंगको काम कार्वाही बन्द हुन पुगेको जानकारी दिए ।
प्रदेश नं एकका सभामुख प्रदीपकुमार भण्डारीले संघीय सरकार गम्भिर नहुँदा संसद सचिवालय जस्तो कार्यालयमा कर्मचारी अभाव झेल्नु पर्दा समस्या भएको बताए । सभामुख भण्डारीले कर्मचारी अभावका कारण भएको समस्याका बारेमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र सचिवलाई जानकारी गराएपनि अहिलेसम्म कर्मचारी नपठाएको बताए ।
सभामुख भण्डारीका अनुसार प्रदेश सरकारले हिउँदे अधिवेशन पुस महिनाको पहिलो साता बोलाउने तयारी गरिरहेको अबस्थामा संसद सचिवालय नै सचिवविहिन हुदाको अहिलेको अबस्थाले प्रदेश सभाको बैठकपनि प्रभावित हुने देखिएको छ ।
यसअघिपनि गत फागुन २८ गते प्रदेशसभा सचिवालयको जिम्मेवारी लिएर सचिव केदारप्रसाद पनेरू आएका थिए । उनको पनि केही महिना संसद सचिवालयमा काम गरेपछि सरुवा भएको थियो ।त्यसपछि सचिव वासुदेव शर्मा पौडेल आएपनि उनले कार्यभार नसम्हादै प्रदेश नं दुईमा सरुवा भएर गएका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्