×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

तोकिएको समयभन्दा १३ महिनाअघि नै बन्यो सुन्दर भवन, ठेकदारलार्इ १ करोड ८२ लाख पुरस्कार

१० मंसिर २०७५

काठमाडौं,मंसिर १०
धैरै आयोजना एकसाथ ओगट्ने र लामो समयसम्म आयोजनाको काम नसक्ने नेपाली ठेकदारको रोग नै भइसकेको छ । तर उपत्यका विकास प्राधिकरणको भवन तोकिएको समयभन्दा १३ महिनाअघि नै सकिएको छ ।

६ तले भवनको निर्माण जिम्मा दानफी, समानान्तर र कमलजित जेभीले लिएका थिए । यी ठेकदारले २०७३ पुस २४ गते निर्माणको जिम्मा लिएका हुन्। भ्याट सहित २० करोड ६३ लाख ८ सय ९३ रुपैयाँमा निर्माण शुरु गरिएको सो भवन २०७६ असार १८ सक्ने गरी सम्झौता भएको थियो ।

Advertisement
Advertisement

तर निर्माण कार्य १३ महिना अगावै सकेर प्राधिकरणलाई हस्तान्तरण गरको प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले जानकारी दिए । कम्पनीहरुले भवन २०७५ साउन २० गते नै तयार पारेका हुन् ।

६ तले भवन कुल ३ रोपनी ४ आना क्षेत्रफलमा फैलिएको छ । यसमध्ये ४३।२३ प्रतिशत ग्राउण्डले ओगटेको छ । भवनले कुल २५२६।३१ स्क्वायर मिटर क्षेत्रफल ओगटेको छ । भवनको सबैभन्दा तल्लो तहमा अन्डर ग्राउण्ड पार्किङ रहेको छ । ग्राउण्ड तल्लाले ६४४२ स्क्वायर फीट ओगटेको छ भने पहिलो, दोस्रो, तस्रो र चौथो तल्लाले समान ५०११ स्क्वायर फीट ओगटेको छ । यस्तै ५औं तल्लाले १८२० स्क्वायर फीट ओगटेको छ । यसैगरी, सबै भवनले कुल ३५ हजार ६१२।८१ स्क्वायर फीट क्षेत्रफल ओगटेको छ ।

ठेकदार कम्पनीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार दिन अर्थ मन्त्रालयमा फाइल पेश गरेको आयुक्त तिवारीले बताए । उनका अनुसार कम्पनीले आयोजनाको १० प्रतिशतसम्म पुरस्कार पाउनेछ ।कुल लागतको भ्याट बाहेक हुन आउने रकमको १० प्रतिशत झन्दै १ करोड ८२ लाख रुपैंया पुरस्कारको माग गर्दै प्राधिकरणले शहरी विकास मन्त्रालयमा फाइल पेश गरेको छ । शहरी मन्त्रालयले पनि फाइल अर्थ मन्त्रालयमा पेश गरिसकेको तिवारीले जानकारी दिए ।

Advertisement

अब अर्थ मन्त्रालयले निकासा गरेपछि कम्पनीहरुले पुरस्कार रकम प्राप्त गर्न सक्नेछन् । भवन निर्माणको काम दानफी र समानान्तरले ३५र३५ प्रतिशत र कमल जितले ३० प्रतिशत काम गरेका थिए ।(विकास न्युजबाट)

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top