आइसीसी टि-२० र्‍याङकिङ : पारस दुई स्थान तल,सोमपाल एक स्थान माथि, बसन्त यथावत

११ मंसिर ७५, मंगलबार
Share this
758shares

एजेन्सी, मंसिर ११
आईसीसीको नयाँ बरियतामा नेपालका पारस खड्का दुई स्थान तल झरेका छन् ।विश्व क्रिकेट परिषद आइसीसीले सोमबार प्रकाशित गरेको नयाँ विश्व वरियतामा खड्का दुई स्थान तल झर्दै ९५ औं स्थानमा रहेका हुन् ।

Advertisement

गत महिना ब्याट्सम्यानहरुको वरियतामा ९३ औं स्थानमा रहेका थिए ।ब्याट्सम्यानहरुको पहिलो स्थानमा पाकिस्तानका बाबर आजम छन् भने दोस्रोमा न्युजिल्याण्डका कोलिन मुन्रो छन्, अष्ट्रेलियाका आरोन फिन्च तेस्रो नम्बरमा छन् ।

बलरहरुको वरियतामा अफगानिस्तानका रसिद खान पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा पाकिस्तानका साहब खान र तेस्रो नम्बरमा भारतका कुलदिप यादव छन्।

Advertisement

बलरतर्फ सोमपाल कामी एक स्थान माथि उक्लिन सफल भएका छन्। उनी ९३ औं स्थानमा पुगेका छन् भने बसन्त रेग्मी ७५ औं नम्बरमा यथावत रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top