×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

प्रधानमन्त्रीले बोलाए पाँच दलका शीर्ष नेताको बैठक

७ पुष २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले भर्खरै सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रिय दल बनेका पाँच राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीका सञ्चार विज्ञ गोविन्द परियारले जानकारी दिए।

Advertisement
Advertisement

मतगणना सकिएको अवसरमा मतपरिणाम प्रकाशन, राष्ट्रिय सभाको गठन लगायतका विषयमा देखिएका विवादबारे छलफल बैठक डाकिएको हो।

निर्वाचन आयोगले राष्ट्रिय सभाको गठन नभई प्रतिनिधि सभामा दलहरुले पठाउनु पर्ने महिलाको संख्या तोक्न नसकिने बताउँदै आएको छ।

राष्ट्रिय सभाको गठनसम्बन्धी बनेको अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा छ। अध्यादेशमा उल्लेख गरिएको एकल संक्रमणीय निर्वाचन प्रणालीबारे दलहरुले फरक धारणा राख्दै आएका छन्।

सरकारले सो अध्यादेश संविधानसम्मत भएको दाबी गरिरहको छ भने एमालेले अध्यादेश असंवैधानिक भएको जिकिर गरिरहेको छ।

Advertisement

राष्ट्रिय सभाबिना नै नयाँ सरकार गठनका विषयमा पनि दलहरुबीच विवाद छ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top